लामो समय ग्यास्टिकको समस्याले ग्यास्ट्रो क्यान्सर निम्त्याउछ : डा कृष्णमोहन अधिकारी

रुद्र सुवेदी : पेटमा गानो गोलाले समस्या भयो भन्दै विभिन्न व्यक्तिहरु मेडिकलबाट औषधि माग्ने वा चिकित्सक कहाँ समस्या लिएर आउने गरेको पाईन्छ ।

नेपालगञ्जको भेरी अस्पताल तथा कान्ति आरोग्य अस्पतालमा कार्यरत कन्सल्टेन्ट, ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्णमोहन अधिकारील आफ्नो ओपिडीमा गानो गोलाको समस्या छ भन्दै विरामीहरु आउने गरेको बताए ।

उनले गानोगोला भन्दै आउने विरामीहरु ग्यास्टाटिस तथा गुणेनाईटिसको समस्याले गर्दा आउने गरेको बताउदै भने–‘ हाम्रो मेडिकलको भाषामा गानोगोलका विरामीमा ग्यास्टाईटिस भएर समस्या हुने हो । पेटमा उत्पन्न हुने एशिडिटिका कारण गोनो गाला उत्पन्न हुन्छ ।’

उनले आमाशयको मुखमा एशिडिटीकारण हो वा ग्यास्टिकको किटाणुको कारणले हो त्यो पत्ता लगाउनको लागि ईण्डोस्कोप ीगर्न आवश्यक हुने बताए ।

उनले पित्तको कारण पनि एशिड उत्पन्न हुने र त्यसले समस्यामा पार्ने जानकारी दिदै भने–‘ कहिलेकाँही हाम्रो शरिरमा उत्पनन भएको पित्त तलतिर जाँनु पर्नेमा माथी आईदिदा पनि एशिड उत्पन्न भएर समस्या पार्छ । एशिड र पित्त दुबैबाट ग्यास्टिक हुने भएकोले के कारणले ग्यास्टिक भयो जाँच गर्न आवश्यक हुन्छ ।’

डा. अधिकारीले चुरोट तथा मदिरा सेवन गर्नेलाई ग्यास्टिक हुने सम्भावना पनि उत्तिकै हुने भएको कारण ग्यास्टिक अति भएर दिसाममा रगत देखिने, कालो दिसा जाने, रगतको कमी भएर एनिमियाँ हुने र उमेर ५५ भन्दा मुनि छ भने त्यस्ता विरामीले पहिला ग्यास्टिकको औषधि खाएर हेर्नुपर्ने बताए ।

उनले पहिला ग्यास्टिकको कारण पत्तालगाई किटाणु भए नभएको जाँच गर्नको लागि ईण्डोस्कोपी गरेर हेर्न आवश्यक हुने बताए । अधिक ग्यास्टिक भए कालान्तरमा ग्यास्टिक क्यान्सर हुने संभावना बढी हुने भएकोले २०–२५ वर्ष उमेरमै ग्यास्टीक क्यान्सर देखिएकोले सचेत हुन आवश्यक रहेको औल्याए ।

उनले अधिक ग्यास्टासिस भएको कारण मानिसहरु राती पटक–पटक शैचालय जानु पर्ने समस्याले मेडिकलमा पुगेर धेरै एन्टिबायोटिक औषधि खाएको भन्दै आउने बिरामीलाई ग्यास्टिकको उपचारका लागि ईण्डोस्कोपी गरेर हेर्ने र ग्यास्टिकको किटाणु भए औषधि खुवाएर निर्मुल पार्न आवश्यक रहेको बताए ।

अर्को धेरैपटक दिसा गर्न शौचालय जानुपर्ने, दिसामा रगत देखिएको समस्याका लागि क्रोनोस्कोपी जाँच गरेर मात्र उपचार हुने बताए । क्रोनोस्कोपी मलद्वाराबाट मासु निकालेर जाँच गर्ने र केका कारणले हो जानकारी भएपछि उपचार सुरु गर्न सकिन्छ । भिडियो हेर्न तल क्लिक गर्रौ ।

हाम्रो फेशबुक पेज Healthera लाई  Like  &  Follow गरौ 

(डा. कृष्णमोहन अधिकारी कन्सल्टेन्ट ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर) सर्जन हुन । पेटको रोग सम्बन्धी उपचारको विज्ञ रहेको उनी भेरी अस्पताल नेपालगञ्ज र कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा उपलब्ध छन् ।)




फेसबुकबाट तपाईको प्रतिक्रिया