नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेडले विभिन्न माग राखेर आन्दोलन गर्दै आएका कर्मचारीको कारण शिक्षण अस्पतालको सेवा प्रवाहमा असहज भएको जनाएको छ ।
मंगलबार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एकेडमीका उपनिर्देशक श्यामकुमार शर्माले बिगत केही दिनदेखि विभिन्न ५४ बुँदे माग राखेर आन्दोलनरत कर्मचारीकोहरुका कारण अस्पतालमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेको बताए ।
उनले एकेडमीले पटक–पटक आन्दोलनमा उत्रीएका कर्मचारीसंग भएको बर्ता र छलफलबाट ५२ बुँदा सम्बोधन भएको र बाँकी दुईबुँदा पनि आउने आर्थिक वर्षदेखि सम्बोधन गर्ने व्यववस्थापन पक्षले प्रतिबद्धता जनाउदा पनि नमानेर सेवा प्रवाहलाई प्रभावित बनाएको आरोप लगाए ।
करिव १ हजार ५ सय कर्मचारी रहेको सो शिक्षण अस्पताल करिव ३० करोड घाटामा रहेको कारण फेरीएको उच्च व्यवस्थापन टिमले कर्मचारीको कार्य समय, अनिवार्य पोषाकलगायतका विभिन्न क्षेत्रमा कडाई गर्न थालेपछि उनीहरु आन्दोलनमा उत्रिएको व्यवस्थापन पक्षले आरोप लगाएको छ ।
सो पत्रकार सम्मेलनमा एकेडमीका सिईओ सन्तोष कुमार बिएन, सञ्चालक समिति सदस्य डा सन्तोष कुमार शर्मालगायतको उपस्थिति रहेको थियो । आन्दोलनरत कर्मचारीले अस्पतालको ओपिडि समेत ठप्प पारेर अन्दोलन चर्काउदै आएका छन । उनीहरुको आन्दोलनका कारण दैनिक ८ सय विरामीहरु सेवा लिन बञ्चित भएको अस्पताल प्रशासन दाबी गरेको छ ।
हेल्थइरा । २०८१, ९ पुष मंगलवार