विश्व मधुमेह दिवशमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेको सुझाव (भिडियो सहित)

लक्ष्मी तिमिलसेना / नेपालगञ्ज : विश्व मधुमेह दिवशको अवसर पारेर नेपालगञ्जमा मधुमेहका बारेमा जनचेतना सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । सो शिविरमा मधुमेहका रोगी, उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

शिविरमा मधुमेह जोखिममा रहेका तथा यस रोगसँग जुधिरहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण र सचेतना समेत गरिएको भेरी अस्पताल नेपालगञ्का प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेले मधुमेहको प्रारम्भिक अवस्था पहिचानका लागि नियमित परीक्षणको महत्वबारे चर्चा गर्दै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । उनले सन्तुलित आहार, शारीरिक व्यायाम, र मानसिक स्वास्थ्यका पहलूहरूको महत्वबारे जानकारी दिए ।

उनले मधुमेहको प्रकार तथा यसबाट जोगिने उपायका साथै मधुमेहका विरामीले अपनाउनु पर्ने सजगतालगायतका विषयमा जानकारी दिएका थिए । शिविरमा निःशुल्क रगत परीक्षण, सुगर लेभल जाँच, बीपी नाप्ने, तौल र स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरियो ।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा गरिएको यस कार्यक्रममा सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्नुका साथै मधुमेहको रोकथाम र व्यवस्थापनसम्बन्धी जानकारी पाएकोमा स्वास्थ्यकर्मीहरू प्रति खुसी व्यक्त गर्दै मधुमेह रोग नियन्त्रण र रोकथामका लागि यस्ता शिविरहरूको निरन्तरता आवश्यक रहेको बताएका थिए ।

भिडियो पनि छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया