स्वास्थ्य स्वयंसेविका दिवसमा स्वास्थ्यमन्त्री सारुको शुभकामनाः ‘स्वयंसेविकाले पु¥याएको योगदान प्रेरणादायी’

दाङ, : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा स्वयम् सेवाको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्यमन्त्री सारुले सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमा सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गरेका हुन ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य प्रणालीको आधारस्तम्भ बनेर समुदायको स्वास्थ्य सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यमा अतुलनिय भूमिका निर्वाह गरेको स्मरण गर्दै स्वास्थ्य मन्त्री सारुले मातृ–शिशु स्वास्थ्य, खोप अभियान, पोषण, परिवार नियोजन, रोग नियन्त्रण लगायतका क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पु¥याएको योगदान प्रेरणादायी बनेको बताए ।

स्वास्थ्य स्वयंसेवीकाको माध्यमबाट स्वास्थ्य सेवाहरू दुरदराजसम्म प्रभावकारी रूपमा पुग्न सकेको उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन, सेवा सुविधाको सुदृढीकरणमा प्रतिबद्ध रहेको जनाएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया