काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने प्रस्ताव गरेका हुन ।
कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउनु उनको प्रस्ताव छ ।
त्यसैगरी मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए ।
अहिले दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए ।
हेल्थइरा । २०८१, २७ श्रावण आईतवार