पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्दै खजुरा गाउपालिका

खजुरा (बाँके)  : बाँकेको खजुरा गाउपालिकाले खोपबाट बञ्चित भएका र खोप लगाउदा लगाउदै छुटेका वा ड्रपआउट भएका बालबालिकालाई खोजेर खोप लगाउनको लागि पहल सुरु गरेको छ ।

गाउपालिकाले नियमित खोप सुदृढिकरण, खोप सुनिश्चिता र दिगोपना, नमुना संकलन, सरसफाई प्रबद्र्धन सुक्ष्म योजना सम्बन्धित पालिका स्तरिय खोप समन्वय समिति, जनप्रतिनिधिहरुबीचको अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिईएको हो ।

खजुरा गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले पालिकामा खोप लगाउने उमेर समुहका १ हजार २ सय ४१ बालबालिका मध्ये करिव १ सय बालबालिका पूर्ण खोप नलगाई छुटेको तथ्याङ्क रहेको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खजुरामा खोपलागउने उमेरका बालबालिका ८ प्रतिशत ड्रपआउट रहेको र ती बालबालिकाको खोजी गरी खोप लगाउने गरी तयारीको लागि कार्यक्रम आयोजना गरिएको बताए ।

पालिकाका अध्यक्ष डम्बर बिक तुफानले पालिकाले आफ्ना नागरिकको स्वास्थ्य प्रति सचेत रहेको उल्लेख गर्दै उनले पालिकाका कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित नहुन र कोी पनि नछुटुन भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

खजुरा गाउपालिकामा पहिलो खोपलगाएर अन्तिम खोप लगाउन छुटेकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविकालगायतको पहलबाट खोजी गरी पूर्ण खोप लगाउनको लागि अभियान नै सञ्चालन गर्ने तयारी गरिएको छ ।

पालिकाको सामाजिक विकास समितिका संयोजक कृष्णाकुमारी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया