मृगौला जोगाउन नियमित स्वास्थ्य जाँच गर्न आवश्यक : मृगौलारोग विशेषज्ञ डा. सौरभ सिंह हमाल 

नेपालगञ्ज : भेरी अस्पतालका मृर्गौला रोग विशेषज्ञ डा. सौरभ सिह हमालले विश्व मृगौला दिवसको अवसरमा मृर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने बताउदै नियमित चेकजाँच गर्ने, जीवनशैली खानपानलगायतमा सुधार ल्याउन सकेमात्र यसबाट जोगिन सक्ने सुझाव दिए ।

उनले भेरी अस्पतालमा दैनिक रुपमा मृगौलाका विरामी आउने गरेको बताउदै मृगौलाको अवस्था जानकारी पाउनको लागि नियमित रगत जाँच गराएमा यसको अवस्था पत्ता लाग्ने र प्रत्यारोपण तथा डाईलोसिसको तहसम्म पुग्न नपर्ने बताए ।

उनले विश्व व्यपिरुपमा करिव १ महिना अघिसम्म मृगौलाको समस्याबाट ज्यान गुमाउने रोगको स्थानमा १० औ नम्बरमा रहेको भएपनि एक महिना भित्रै आठौ स्थानमा आएकोले आउदो केही वर्ष भित्रै यो अझ बढ्न सक्ने संकेत देखिएको बताए ।

उनले नियमित जाँचले मात्र मृगौला सुरक्षित राख्न सकिने कुरामा जोड दिदै जीवन शैली र खानपानमा पनि परिवर्तन गर्न आवश्यक रहेको औल्याए ।

यसैबीच विश्व मृगौला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरले सचेतनामुलक प्रभातफेरी निकालेको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले स्वाथ्य नै अमुल्य धन भएको कुरामा जोड दिदै नसर्ने रोगहरुको कारण मानिसहरु आक्रान्त भएकोले समयम आफ्नो स्वास्थ्यको ख्याल आफैले राख्नुपर्ने कुरामा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले विश्वमा नसर्ने रोगहरुको सूचीमा १० औ नंम्बरमा रहेको मृगौला रोग केही समय अघिमात्र ८ औ स्थनमा पुगेको बताए ।

कार्यक्रममा नेपालगञ्ज नर्सिङ क्याम्पस, कैलपाल अस्पताल एन्ड कलेज, कलेज अफ अलाइड, नेपालगञ्ज हेल्थ क्याम्पसका शिक्षक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया