नेपालगञ्ज : स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतिकरण अभियानका रुपमा मनाउन निर्देशन गरेसँगै बाँकेमा पनि नसर्ने रोगको पहिचान र निदानका सवालमा विभिन्न गतिविधहरु सञ्चालन हुन थालेका छन् ।
यसैक्रममा स्वास्थ्य कार्यालय बाँकेले आइतबार नेपालगञ्जमा प्रत्रकारहरुसंग नसर्ने रोगबारे अभिमुखिकरणसंगै स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन ।
उनले भनिन–‘ पहिला सरुवा रोगको भयावह थियो अहिले हाम्रो खानपान तथा आनीबानीका कारण नसर्ने रोगहरु जस्तै क्यान्सर, मुटु, मृगौला, उच्च रक्तचाप, मानसिक लगायतका रोगहरु बढ्दो क्रममा रहेकोले यसबाट जोगिन सचेतिकरण कार्याक्रम सञ्चालन गर्न आवश्यक रहेको छ ।’
उनले पछिल्लो पटकको तथ्याङ्क अनुसार हुने मृत्युको कारणमा ६३ प्रतिशत नसर्ने रोगको कारण हुनेगरेको जानकारी दिदै समय–समयमा नियमित स्वास्थ्य जाँच र खानपानमा विषेश ध्यान दिन आग्रह गरिन ।
सोही कार्यक्रममा जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बाँकेमा नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराएका थिए ।
उनले आईतबार बाँकेका करिव तीन दर्जन पत्रकारलाई नसर्ने रोगका बारेमा अभिमुखिकरणसंगै उनीहरुमा नसर्ने रोगको अवस्थाको बारेमा स्वास्थ्य जाँच समेत गरिएको बताए ।
हेल्थइरा । २०८१, २५ फाल्गुन आईतवार