फोक्सो कसरी स्वास्थ राख्ने डा. योगीको सल्लाह भिडियो सहित

नेपालगञ्ज :  मानव जीवनमा फोक्सोको अत्यन्तै महत्व हुन्छ । फोक्सोका कारण मानव जीवन चलेको हुन्छ । फोक्सोलाई कसरी सुरक्षित राख्ने ?

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा फोक्सो तथा छातीरोग विषेशज्ञ डा. सुभाष योगी भन्छन–‘लामो सास लिने छोड्ने गर्न आवश्यक हुन्छ । खासगरी फोक्सोलाई स्वस्थ राख्नको लागि विहानै केहीबेर फोक्सोको व्यायम गर्न आवश्यक हुन्छ ।’

विहानै उठेर लामो सास लिने छोड्ने गर्दा फोक्सेले तानेको स्वच्छ अक्सिजनको कारण शरीरको प्रत्यक भागमा रगत पुग्ने र त्यसले मानवलाई स्वस्थ रहन मद्दत पुग्ने डा. योगीको भनाई छ ।

धुवा धुलो र धुम्रपान फोक्सोको लागि अत्यन्तै शत्रु भएको र यसवाट जोगिनु नै उत्तम उपाय हुने डा.योगीको भनाई छ । ‘फोक्सो स्वस्थ्य राख्नेहो भने धुम्रपानबाट टाढै रहनुहोस’–उनले भने ।

 

(डा. सुभाष योगी, छातिरोग विषेशज्ञ हुन । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भेटिन्छन ।)




फेसबुकबाट तपाईको प्रतिक्रिया