नेपालगञ्ज शहरी स्वास्थ्य प्रबद्र्धन केन्दमा धनवन्तरी दिवस मनाईयोे

नेपालगञ्ज : ‘प्रकृती अनुकुल आहार औषधि र विहार, रोगमुक्त समाजको आधार’ भन्ने मूल नाराका साथ २७ औ राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८३ नेपालगञ्जमा पनि विभिन् कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

पछिल्लो समय समुदायमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा आयुर्वेद र आयुर्वेदको महत्व बढ्दै गएको २७ औ राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८३ को अवसरमा समाजमा नसर्नेरोगको उपचार र निदानमा आयुर्वेदको अतुलनिय योगदान रहेको चर्चा गरिएको छ ।

नेपालगञ्ज उपमहानगरका नगरप्रमु्ख प्रशान्त विष्टले उपमहानगरमा नसर्ने तथा जटिल रोगको उपचार सहयोग सिफारिस लिन आउनेको चाप बढेपछि यसलाई नियन्त्रण गर्ने उदेश्यले उपमहानगरले पनि आयुर्वेद सेवा सुरु गरेको बताए ।

उनले भने–‘ पछिल्लो समय उपमहानगरमा नसर्ने तथा जटिल रोगको उपचार सहयोग सिफारिस लिन आउनेको ताँतीनै लाग्ने गरेको छ । रोग लागेपछि उपचार गर्न भन्दा लाग्नै नदिने गरी अभियान चलाउन भनेर हामीले आयुर्वेद उपचार पद्धतीलाई सञ्चालनमा ल्याएका हौ ।’

नेपालगञ्ज शहरी स्वास्थ्य प्रबद्र्धन केन्द सञ्चालक समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष गोापल पुनले समयको माग अनुसार केन्द्रले आयुर्वेद सेवा सञ्चालनमा ल्याएको बताए ।

नेपालगञ्ज शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रका आयुर्वेद प्रमुख डा.शिवराज सुवेदीले पछिल्लो तथ्याङ्ग अनुसार ७० प्रतिशत मृत्युको कारण नसर्नेरोग भएको पाईएको उल्लेख गर्दै यसको उपचार योग र आयुर्वेदबाट मात्र संभव हुने कुरामा जोड दिए ।

नेपालगञ्ज शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले आयुर्वेद सेवासुरु गरेको छोटो अवधिमा १ हजार २ जनाले सवा लिएका छन । यी मध्ये ७४३ ओपिडीबाट, १५७ ले जेष्ठनागरिक, पूर्वकर्म पञ्चकर्म ४८८ र स्तनपायी आमालाई दुग्धबर्धक शतावरी वितरण २२ जनालाई गरिएको छ ।

आयुर्वेद उपचारमा योग र ध्यानका माध्यामबाट नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, बाथ, मुटु मृगौलालगायतको उपचार संभव भएकोले आयुर्वेदको उपदेयिता जनस्तरसम्म पुराउन सके नसर्नेरोग निराकरण गर्न सजिलो हुने दाबी गरिएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया