कुनै पनि आमाले आफ्नो गर्भको अवधि पुरागरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखी सन्तान उत्पादनमा संम्लग्न रहेका सम्पुर्ण अंगहरु गर्भवती पूर्वको अवस्थामा जानलाग्ने समयलाई सुत्केरी अवस्था वा पोस्टनेटल पिरियड भनिन्छ। सामान्यतया सुत्केरी अवस्था पोस्टनेटल पिरियड छ हप्ताको अर्थात ४५ दिनको मानिन्छ। तर सम्पुर्ण अंगहरु पहिलेको अवस्थामा आउन तीन महिना लाग्ने भएकाले यसलाई गर्भवतीको चौथो अवस्था वा फोर्थ ट्राईमिस्टर पनि भनिन्छ। यस समयमा गरिने आमा र बच्चा दुवैको शारीरिक परीक्षण र तिनीहरुलाई गरीने स्याहार सुसार र सम्पुर्ण सल्लाहलाई प्रसुति पश्चातको स्याहार पोस्ट नेटल केयर भनिन्छ।
प्रसुति पश्चातको स्याहारलाई पनि विशेष गरेर एउटा प्रोटोकलकै आधारमा चार पटक अनिवार्य रुपमा जाँच गराउनु पर्दछ। यसलाई नेपाल सरकारद्वारा सेवा प्रदान गरेका गर्भवती जाँच तथा सुत्केरी गराउनको लागि सुचिकृत गरिएका सबै स्वास्थ्य संस्थाहरुबाट अनिवार्य यो सेवालाई निरन्तरता दिएको छ। यसरी सुचिकृत संस्थाबाट निम्न अनुसार अनिवार्य प्रसुति पश्चातको जाँच गर्नुपर्दछ। हाल आएर नेपाल सरकारले हरेक स्थानिय तहसंगको सहकार्यमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई थप टेबा दिने उदेश्यले प्रसुति पछिको स्याहारको भेट कार्यक्रम लागू गरेको छ। यसकार्यमा हरेक सुचिकृत स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरु घर घरमा गएर आमा र बच्चालाई स्वास्थ्यसम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्वपुर्ण कार्यको थालनी गरेको छ। भने प्रत्यक्ष जुन व्यक्ति हो उसले त यसकार्यलाई अनिवार्य रुपमा जाँच गराउनु महत्वपुर्ण मानिन्छ।
१ पहिलो जाँच बच्चा जन्मेको २४ घन्टा भित्रमा अनिवार्य गर्ने।
२ दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा अनिवार्य गर्ने।
३ तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा अनिवार्य गर्ने।
४ चौथो जाँच बच्चा जन्मेको ४५ दिनमा अनिवार्य गर्ने।
यस्तो भनिएता पनि आवश्यकताको आधारमा भने जतिबेला पनि स्वास्थ्य संस्थामा गई अथवा स्वास्थ्यकर्मीलाई भेटी आफ्नो स्वास्थ्यको जानाकारी लिने कार्य चाँही गर्नुपर्छ। विशेष गरी प्रसुति पश्चातको जाँचको आवश्यकता को आधारमा यसका मुख्य सिद्वान्तहरु रहेको पाईन्छ। आमाको स्वास्थ्य सामान्य स्थितिमा पुर्याउन सहयोग गर्ने। सुत्केरी आमा लाई संक्रमण हुनबाट बचाउने। बच्चाको हेरचाहा गर्न र स्तनपानको स्थापना गर्ने।
hams
प्रसुति पश्चातको स्याहारबाट कसलाई फाइदा पुग्दछ त?
यस प्रकारको नियमित जाँचले विशेष गरी आमा र बच्चालाई फाइदा पुग्छ भने परिवारका सम्पुर्ण सदस्यहरुलाई समेत पारिवारीक मानसिक सामाजिक र आर्थीक पक्षमा फाइदा पुग्छ। आमाको शारीरिक मानसिक पारिवारिक र सामाजिक अवस्थाको साथसाथै प्रसुति पश्चातको सम्पुर्ण अवस्थाको बारेमा जानाकारी पाई थप केहि सुधार र सचेत रहन पर्ने कुराहरुमा समेत महत्वपुर्ण जानाकारी लिन सकिन्छ। साथै आमा र बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुबैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा बच्चा जन्माएकै कारणबाट परिवारमा कुनै किसिमको नकरात्मक समस्या देखा नपरेमा परिवारका सम्पुर्ण सदस्यहरु समेत पारिवारिक मानसिक सामाजिक र आर्थीक समस्या समेत देखानपर्ने हुँदा प्रसुति पश्चातको स्याहारलाई नित्यान्तै महत्वको साथमा हेरिएको पाईन्छ।
अन्त्यमा समग्रह रुपमा भन्ने हो भने सरकारले जति पनि लगानी गरेको छ त्यसकै आधारमा सेवाग्राहीहरुबाट सेवा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझैपनि कमि पाइएको छ। यसमा जिम्मेवारी कसले लिने त। भन्ने सन्र्दभमा अहिलेको नयाँ संरचना अनुसार बर्गीकरण गरिएको राज्यका तिन बटै तहका निकाय त्यहाँ रहेका सम्पुर्ण जनप्रतिनिधिहरु प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पुर्ण सरोकार वाला हरुको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आफ्नो ठाँउबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामुलक संदेश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा मात्र यो कार्यले पुर्णता पाउँदछ। र स्वास्थ्यका सुचकहरु लक्ष्यका आधारमा पुरा हुन्छन्। अन्यथा जबसम्म स्वास्थ्यलाई राज्यका सम्पुर्ण निकायहरुबाट प्रमुख स्थानको रुपमा राखेर अगाडि बढाउन सकिँदैन तबसम्म नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरुको मातहतमा रहेर मात्र काम गर्ने प्रबृतिलाई सुधार गर्न नसक्दासम्म यी सम्पुर्ण कुराहरु नारामा मात्र सिमित नरहलान भन्न सकिँदैन। त्यसैले सरोकारवाला सम्पुर्णको यसमा ध्यान जानु आवश्यक देखिन्छ।
हेल्थइरा । २०८०, १६ माघ मंगलवार