हेल्थईरा डेस्क : अदुवा नेपाली भान्साको लागि नियमित मसला हो । यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइदैन । यसमा भएको औषधिय तत्वको कारण अदुवा भान्सामा मात्र सिमित नभएर औषधिको रुपमा पनि प्रयोगमा आउने गरेको छ ।
यसको नियमित सेवनले मानव स्वास्थ्यमा धेरै फाइदा पु¥याउने विज्ञहरू बताउँछन् । अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ । आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ ।
अदुवाको नियमित सेवनले खोकी सञ्चो हुने, वाकवाकी तथा बान्ता हुने समस्याबाट जोगाउछ । यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ । यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधिय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ ।
अदुवा सेवनका फाइदाहरू
– पोलेर चुसेमा यसले खोकी सञ्चो गर्छ,
– अपच हुने समस्या हटाउँछ,
– मांशपेसीको दुखाई कम हुन्छ,
– प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ,
– महिनावारीको दुखाई कम गर्छ,
– बिहान लाग्ने वाकवाकी हटाउँछ,
हेल्थइरा । २०८०, ८ फाल्गुन मंगलवार