नेपालगञ्ज : बाँकेको खजुरा गाउपालिकामा सबैभन्दा बढी कुष्ठरोगी फेला परेका छन् । आईएनएफ साईनिङ्ग अस्पतालका अनुसार चालु आर्थिक वर्षको छ महिनामा भेटिएका ६० जना नयाँ कुष्ठरोगी मध्ये सबै भन्दा बढी खजुरा गाउपालिकाका रहेका छन ।
साईनिङ्ग अस्पताल मानपुरका अस्पताल ईन्चार्ज मंगलबहादुर थारुले चालु आर्थिक वर्षको साउनदेखि पुसमसान्तसम्म भेटिएका ६० नयाँ कुष्ठरोगीमा खजुरा गाउपालिकाका ९ जना, नेपालगञ्ज उपमहानगर, नरैनापुर र जानकी गाउपालिकामा ४–४ जना कोहलपुरमा ३ जना, बैजनाथ र डुडुवामा २–२ जना र राप्तीसोनारीमा १ जना गरी बाँकेमा २९ जना नयाँ कुष्ठरोगी भेटिएको बताए ।
उनले कुष्ठरोगको लागि बाँके अत्यन्तै जोखिममा रहेको बताउदै खासगरी सबै उमेरसमुहका नयाँ रोगी भेटिनु अझैपनि समाजमा यसको संक्रमणदर उच्च रहेको बताए । उनले भने–‘ कुष्ठरोग अझैपनि समाजमा लोकलाजको कारण लुकेर बसको पाईन्छ । बालबालिमामा पनि यो रोग भेटिनुले बाँके अत्यन्तै जोखिममा रहेको छ भन्ने बुझिन्छ ।’
उनले बाँकेमा भेटिएका नयाँ कुष्ठरोगी मध्ये १५ जना भारतबाट आएका भारतीय नागरिक रहेको, ९ जना बर्दियाको, सल्यान, रुकुमका २–२ जना , रोल्पा, हुम्ला र सुदूरपश्चिमका १–१ जना रहेको जानकारी दिए ।
सैगरी अस्पताल प्रमुख थारुले अस्पतालको बहिरंग विभागमा चालु आर्थिक वर्षको पुस अन्त्यसम्म ८ हजार ६ सय २ जनालाई सेवा दिएको साथै अस्पतालको बेडमा भर्ना गरी ५३ जनालाई उपचार सेवा दिएको बताए ।
हेल्थइरा । २०८०, १५ फाल्गुन मंगलवार