रुद्र सुवेदी : स्त्री क्यान्सररोग विषेशज्ञ डा. ईन्द्रनिल घोषका अनुसार महिलाहरुमा सेतोपानी बग्ने, तल्लो पेटदुख्ने, पिसाव पोल्ने, गन्हाउने, पहेलो पिपजस्तो पानी बग्ने समस्या छ र लगाएको कपडा नै भिज्नेगरी पानी बग्दैन भने डराउन नपर्ने सल्लाह दिन्छन ।
उनले भने–‘ नर्मल अवस्थामा पनि सेतोपानी बग्ने, तल्लो पेटदुख्ने, पिसाव पोल्ने, गन्हाउने, पहेलो पिपजस्तो पानी बग्ने समस्या हुन्छ तर, लगाएको कपडा नै भिज्छ , दुर्गन्ध अति नै आउछ भने स्त्रीरोग विषेशज्ञको स्वास्थ्य सल्लाह लिन आवश्यक छ ।
कतिपय अवस्थामा महिलाले लगाएको कपडा नै भिज्नेगरी निरन्तर सेतोपानी बग्ने, तल्लो पेटदुख्ने, पिसाव पोल्ने, गन्हाउने, पहेलो पिपजस्तो पानी बग्ने समस्या छ भने आफ्नो स्वास्थ्य परिक्षण गर्न आवश्यक हुन्छ ।
कतिपयले समस्या भनेर मेडिकलबाट एन्टिबायोटिक ल्याएर खानेगरेको पनि पाईन्छ । यसो गर्दा समस्या क्रोनिक भएर बल्झिने हुँदा पछि गएर दुख हुनेहुँदा सुरुमै विषेशज्ञ चिकित्सकको सल्लाह बमोजिम उपचारमा जान आवश्यक हुन्छ ।
निरन्तर सेतोपानी बग्ने, तल्लो पेटदुख्ने, पिसाव पोल्ने, गन्हाउने, पहेलो पिपजस्तो पानी बग्ने समस्या भएमा यौनांगमा ईन्फेक्सन हुने, मासुपलाउने जस्ता समस्या देखापर्न सक्छन । समस्याको समाधान नियमित स्वास्थ्य जाँच गर्न आवश्यक हुन्छ ।
(डा.ईन्द्रनिल घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन )
हेल्थइरा । २०८०, १६ फाल्गुन बुधबार