आँखाको सुरक्षा कसरी गर्ने ?

नेपालगञ्ज :  मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा । त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ ।

बढी उज्ज्यालो रोशनीमा बसेर लामो समय काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ । यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।

– काम गर्दागर्दै आँखालाई केहीबेर आराम दिने । अर्थात लामो समय एकोहोरो एकै ठाँउमा नजर गाडेर नबस्ने

– दुवै हत्केला रगडेर तातो बनाई आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ ।

– गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपुर भएका पहेँला फलफूल खाने ।

–दैनिक पैताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ ।

–पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ ।

– राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ ।

आँखामा समस्या आउने वित्तिकै माथीका घरेलु उपायमा अपनाउदै आँखाको विज्ञलाई आँखा जाँच गराउन उपयोगी हुन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया