नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जलाई स्वास्थ्यको हवको रुपमा विकास गर्न सबैको सहयोगकोबाट संभव हुने बताएका छन् ।
उनले शुक्रबार नेपालगञ्ज– १८ भुजईगाँउमा केयर सिटि अस्पतालको उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनले नेपालगञ्जमा पछिल्लो समयमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहका लागि निजि क्षेत्रबाट सुपर स्पेसिलिटी अस्पताल सञ्चालनमा आउने क्रम बढ्दो रहेको उल्लेख गर्दै त्यो मध्ये केयर सिटि अस्पताल एक भएको उल्लेख गरे ।
उनले अस्पताल सञ्चालकलाई सबैको पहुँचममा उपचार हुने गरी विपन्न तथा असाहेको लागि पनि सेवा प्रवाह गर्न अनुरोध गरे ।अस्पतालका सञ्चालक तथा अध्यक्ष डा विष्णुकमार थापाले केयर सिटि अस्पताल विगत ३ वर्षदेखि संचालन हुँदै आएको १४ बेडको अस्पतालले थप सेवा सुविधा सहित संचालन हुन लागेको बताए ।
उनले बिरामीलाई गुणस्तरिय र सुलभ उपचार सेवा दिने लक्ष्यको साथ केयर सिटी अस्पतालले २४ सै घण्टा चिकित्सक सहितको इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, भिडियो एक्सरे र एक्सरे सेवा संचालन गर्ने जानकारी दिए ।
डा थापाले करिब २० करोडको लागतमा १ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको केयर सिटि अस्पतालमा आइसियु., एनआइसियु., भेन्टिलेटर, आप्रेशन कक्ष, र अत्याधुनिक प्रयोगशाला उपलब्ध रहेको बताए ।
उनले अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्युरो सर्जरी, नाक कान घाटी, जनरल सर्जरी, रेडियालोजी विभाग सञ्चालनमा रहेका बताए । केयर सिटि अस्पतालले प्रत्येक महिना काठमाण्डौबाट आईभिएफ. विशेषज्ञ, इण्डोक्राइनोलोजिस्ट तथा न्यूरो फिजिसियन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई रहेको जनाईको छ ।
केयर सिटि अस्पतालका प्रबन्ध निर्देशक सन्तोष शाहले अस्पतालले नेपाल र भारतको ख्याती प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगञ्ज कै युवा चिकित्सकहरुले सञ्चालन गरेको अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिंग स्टाफ सहित ७२ जना टीम कार्यरत रहेको बताए ।
उनले केयर सिटि अस्पताललाई निकट भविष्य मै ५० बेड क्षमता का साथ संचालन गर्नका लागि आवश्यक पर्ने पुर्वाधार जनशक्ति साधन श्रोतको व्यवस्थापन स्वीकृतिका लागि प्रकृया भइ भईरहेको छ ।
हेल्थइरा । २०८१, २५ जेष्ठ शुक्रबार