खजुरा (बाँके) : ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ विश्व योग दिवस बाँकेमा मनाईएको छ । योग समिति नेपालको आयोजनामा बाँकेको खजुरा गाउपालिका एवं नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
योग समिति नेपालको ४३ औ योग केन्द्र खजुराको ८ वटै योग केन्द्रबाट पञ्चे बाजासहित निस्केको ¥याली गाउपालिकाका वडा नम्वर २ मा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
योग समिति नेपालका अध्यक्ष एवम् योगगुरु आयुर्वेदचार्य गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खजुरा गाउपालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वलिले योगले मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए ।
उनले खजुरा गाउपालिकालाई योगमय बनाउने कुरामा आफुहरु दृढ रहेको समेत विश्वास दिलाए । उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवाद दिए । खजुरा गाउपालिकामा ८ वटा योग केन्द्र सञ्चालनमा आई सकेका छन ।
योग गुरुले भट्टराईले विभिन्न योग प्रणायाम ध्यान गराउदै पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको र ब्यस्त जीवन शैली विषादीजन्य खानाले गर्दा मानिसहरूको स्वास्थ दिनानुदिन बिर्गदै गएको प्रती चिन्ता ब्यक्त गदै त्यसका लागि दैनिक रूपमा योग केन्दमा गई योग गर्न आमनागरिकलाई आव्हान समेत गरेका थिए ।
कार्यक्रममा योग समिति नेपालका पदाधिकारी, खजुरा गाउपालिका लगायत अन्य केन्द्रका संयोजक, योग प्रशिक्षक, समासेवी, वुद्विजिवीलगाएतका योगिमनहरूको उपस्थिति रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिईन । कार्यक्रम संन्चालन योग प्रशिक्षक आसिष ज्ञवालीले गरेका थिए ।
हेल्थइरा । २०८२, ७ असार शनिबार