
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य विमा बोर्डबाट पाउनु पर्ने भुक्तानी करिब एक वर्षदेखि नआउदा सेवा प्रबाहमा समस्या आउन थालेको छ । हुनत केही दिन अघि तीन महिनाको भुक्तानी आएको भएपनि त्यो प्रयाप्त हुन नसकेको हो ।
विमा बोर्डले स्वास्थ्य बिमाका सेवाग्रहीको उपचार सेवा प्रवाह गरे बापतको करिब साढे १६ करोड र सामाजिक सेवा ईकाईको डेढ करोड गरी पुगनपुग २० करोड रकम भुक्तानी हुन नसक्दा सेवा प्रवाह नै प्रभावित हुने अवस्थामा पुगेको भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।
उनले अस्पतालले स्वास्थ्य विमा बोर्डबाट गत कत्तिकदेखि हालसम्म करिव १ वर्षको भुक्तानी नआएको कारण अस्पतालको सेवा नै प्रभावित हुने अवस्थामा पुगेको बताए । उनले भने–‘ विमाबाट अस्पतालले करिव २० करोड भुक्तानी पाउन बाँकी रहेको छ । सप्लायर्सहरुले आवश्यक औषधि तथा रिएजेन्ट, एक्सरेका फिल्महरु सप्लाई नै गर्न छाड्ने अवस्थामा पुगेका छौ ।’
विमा बोर्डबाट आउनु पर्ने भुक्तानी आउन नसक्दा अस्पतालले दिने सेवामा प्रभाव पर्न सुरु गरेको छ । अस्पतालमा आपश्यक पर्ने एक्सरे फिल्म, प्रयोगशालाका रिएजेन्ट तथा फार्मेसीबाट पाउने औषधि पनि पुराउन नसकिएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सुवेदीको भनाई छ ।
नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य विमा मार्फत ६० प्रतिशतसम्म बिरामीले स्वास्थ्य बीमा अन्तर्गतको सेवा लिइरहेका छन् । साथै ११ प्रकृतिको विशिष्ठकृत उपचार सेवा समेत प्रवाह गर्दै आएको छ । समयमा बिमा बोर्डको भुक्तानी नआउने हो भने सेवा रोकिने अवस्थामा पुगिने अस्पतालले जनाएको छ । भिडियो पनि छ ।


हेल्थइरा । २०८२, २५ आश्विन शनिबार