
बर्दिया : बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रले चालु अर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत वालवालिकाको सर्वाङ्गीण विकास लागि लाभदायक स्वर्णविन्दु प्राशन कार्यक्रमको बर्दियाको गुलरियामा शुभारम्भ गरिएको छ ।
हरेक महिनाको पुष्य नक्षेत्रको दिन (जुन शरिरको लागि पोशक दिन मानिन्छ) स्वर्णविन्दु प्राशन गर्नु पर्ने शास्त्रिय मान्यता रहि आए अनुरुप वालवालिकाहरूको शारिरिक र मानसिक विकासको साथै रोग प्रतिरोधी क्षमता वृद्धि हुने तथा आयुर्वेद विज्ञानको ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पनामा स्वर्ण (सुन) लाई घिउ (ब्राह्मी घृत) र मह लगायत औषधि द्रव्यमा मिसायर उमेर अनुसारको निर्देशित मात्रामा थोपाको रूपमा सेवन गराउने विधीलाई श्वर्णविन्दु प्राशन भनिन्छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम अन्तर्गत हरेक महिना पुश्य नक्षेत्रमा संचालन हुने गरी खुवाउने गरिन्छ । उक्त कार्यक्रममा वर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख डा यकराज भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिबाट पहिलो सेवाग्राही बालकलाई स्वर्णबिन्दु प्राशन थोपा खुवाएर उदघाटन गरिएको थियोे ।
कार्यक्रममा स्वर्णविन्दु प्राशनको महत्व माथी त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसका उप प्राध्यापक डा मदन भण्डारीले प्रकाश पारेका थिए । समन्वय प्रमुखले आयुर्वेद नेपालको प्राचिन तथा राष्ट्रिय चिकितसा पद्दति भएको वताए । वैध निरीक्षक लोकराज पान्डे सञ्चलन गरेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायणप्रसाद चौधरीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
केन्द्रका आयुर्वेद चिकित्सक डा प्रतिभा शर्मा, नेपालगञ्ज उपमहानगरमा कार्यरत डा शिवराज सुवेदी, केन्द्रका वैध निरीक्षक लोकराज पाण्डे तथा बर्दियाका नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयका कर्मचारी लगायत सबैको समन्वयमा विभिन्न सरोकारवालाहरुको उपस्थितिमा स्वर्णविदु प्रासन कार्यक्रम सम्पन्न भएको छ ।
हाल यसपटकको शुरूवाती दिनमा ६ महिनादेखि ५ वर्षसम्मका बालक २ सय ६७ र बालिका २ सय ३९गरि जम्मा ५ सय ७ जनालाई स्वर्ण विन्दु सेवन गराइएको थियो ।



हेल्थइरा । २०८२, २९ आश्विन बुधबार