
नेपालगञ्ज : लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ एनले क्षेत्र ४ का क्लवका सदस्यहरुलाई केन्सर, मुटु र पेटको रोगबारे सम्बन्धित क्षेत्रका विज्ञ डाक्टरहरुसंग स्वास्थ्य अभिमुखिकरण दिईएको छ ।
भारत मेदान्ता अस्पताल लखनउका मुटुरोग विज्ञ डा माहिम सारन, पेटरोग विज्ञ तथा जिआई सर्जन डा सन्दीपकुमार बर्मा र केन्सर रोग विज्ञ डा अभिशेक सिंहले आआफ्नो विषयमा अभिमुखिकरण प्रतुति गरेको पूर्व डिष्टिक गर्भनर सेमराज शाक्यले जनाकारी दिए ।
उनले सो कार्यक्रमबाट क्लवमा आबद्ध रहेका सदस्य र उनका पारिवारले लाभ उठाएको बताए । चिसोको बेला मुटुको समस्या बढस् हुने भएकोले कसरी हर्टअट्याकबाट बच्न सकिन्छ भन्ने बारे जानकारी मुलक प्रस्तुती डा सारनले दिएका थिए । कार्यक्रममा हर्टअटेक केहो, कसरी बच्ने, यसका लक्षण के हुन भन्ने विषयमा जानकारी गराईएको थियो ।
यसैगरी पित्तथैलीको पत्थरी तथा पेटका रोगहरुका बारेमा डा सन्दीपकुमारले जानकारी दिए । उनले शल्यक्रियाका बारेका जानकारी गराए रोबोटिक, दुरविन र सामान्य शल्यक्रियाको फाईदा बेफईदाका बारेमा जानकारी गराएका थिए ।
केन्सरका बारेमा डा अभिशेकले आफ्नो प्रस्तुती दिएका कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ एन का डिष्टिक गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायतका लायन्स लिडर र उनका परिवारहरुको उपस्थिती रहेको थियो ।




हेल्थइरा । २०८२, ४ पुष शुक्रबार