शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रद्वारा जेष्ठ नागरिकको स्वास्थ परिक्षण

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगञ्ज–४ गणेशपुरको प्राबिधिक सहयोगमा जेष्ठ नागरिक स्वास्थ्य सेवा प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको छ ।

नेपालगञ्ज वार्डन १ मा स्वाबलम्बी जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष नरबहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा १ सय २७ जनाले सेवा लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला बिकास अधिकृत पबित्रा पुरीको प्रमुख अथित्यता तथा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगञ्ज–४ का आयुर्वेद डा. शिबराज सुवेदीको अथित्यतामा भएको हो ।

कार्यक्रममा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको सहयोगमा जेष्ठ नागरिकहरुको विभिन्न स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा १ सय २७ जना महिला पुरुषको सुगर, ब्लड प्रेसर, उचाइ, तौल लगायत बिएमआई मापन गरिएको थियो ।

स्वास्थ परिक्षणपछि रसायन तथा पौस्टिक बर्धकको रूपमा च्यवनप्रास बितरण गर्नुका साथै आबश्यक स्वास्थ्य सल्लाह , दिनुका साथै स्वस्थ्य जीवन शैली, नसर्ने रोग ब्यबस्थापन आदिको बारेंमा जनचेतनामुलक प्रशिक्षण दिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया