
नेपालगञ्ज : बाँकेकों डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा जिल्ला मै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७९.३६अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एक समारोहका बीच डुडुवा गाउँपालिकालाई उत्कृष्ट प्रमाण पत्रसंगै सम्मान गरेका हुन ।
डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्लाओढाएर सम्मान गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समीक्षा तथा कार्ययोजना गोष्ठी’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।
स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवालिन सहज भएको छ ।
यसैगरि ७५.२१ अंकका साथ जानकी गाउँपालिका दोस्रो र ७५.२१ अंकका साथ खजुरा गाउँपालिका ७१.९७ अंक पाएर तेस्रो भएका छन ।



हेल्थइरा । २०८२, २४ पुष बिहीबार