नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकको नयाँ शाखा नेपालगञ्जमा

समाचार सारांश
Generated Using AI
  • नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले नेपालगञ्जमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ, जहाँ कान र बोलाइ सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ।
  • शाखामा सुन्ने क्षमता परीक्षण, श्रवण सहायता, स्पीच थेरापी र कक्लियर इम्प्लान्ट जस्ता सेवा उपलब्ध हुनेछन्।
  • यस विस्तारले सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका मानिसहरूलाई गुणस्तरीय श्रवण तथा स्पीच सेवा सजिलै उपलब्ध गराउने विश्वास गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : कान नसुन्ने तथा बोल्न नसक्ने समस्या भएको बालबालिकाका लागि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रालिले नेपालगञ्जमा पहिलो पटक सेवा विस्तार गरेको छ ।

सुनाई (श्रवण) तथा बोलाई सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रालिले नेपालगञ्जको धम्बोजी चोक नजिकै बेस्ट फाइनान्स भवनको दोस्रो तल्लामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गरे । काठमाडौंमा मुख्य कार्यालय रहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको छ ।

करिब ४० लाखको लगानीमा स्थापना गरिएको क्लिनिक सुरू भएसंगै नेपालगञ्ज लगायत पश्चिम नेपालका कान सम्बन्धी समस्या भएका बिरामीहरूले सहजै गुणस्तरीय सेवा पाउने छन ।

सेवा शुभारम्भ भएको अबसरमा टिचिङ अस्पताल काठमाडौका बरिस्ठ नाक कान घाँटी रोग बिशेषज्ञ डा योगेश न्यौपाने, अडियोलोजिष्ट शैलेन्द्र शाहले बिरामीहरूको निशुल्क चेक जाँच गरेका थिए ।

साथै, क्लिनिकले बीपी आई फाउन्डेसन थिमी, आरुस लाइफस्टाइल अस्पताल पुल्चोक र बी एन्ड बी अस्पताल ग्वार्को लगायतका अस्पतालहरूमा अडियोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपालगञ्ज शाखामार्फत यहाँका सेवाग्राहीहरूका लागि सुन्न सक्ने शक्तिको परिक्षण, श्रवण सहायता परीक्षण, फिटिंग स्पीच थेरापी तथा कक्लियर इम्प्लान्ट जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।

आधुनिक उपकरण र विशेषज्ञ प्राविधिक टोलीमार्फत श्रवण तथा बोलाइ सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई प्रभावकारी उपचार तथा परामर्श प्रदान गरिने क्लिनिकका अध्यक्ष पुरूषोतम भुर्तेलले बताए ।

नेपालगञ्जमा शाखा विस्तारसँगै सुदूरपश्चिम तथा लुम्बिनी क्षेत्रका सेवाग्राहीहरूलाई गुणस्तरीय श्रवण तथा स्पीच सेवा सहज रूपमा उपलब्ध हुने विश्वास लिइएको छ ।

श्रवण वा बोलाइसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक नेपालगञ्ज शाखा विशेषज्ञ सेवा प्राप्त गर्ने विश्वासिलो केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया