नेपालगञ्जको शहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा पुर्वकर्म/पञ्चकर्म सेवालिने बढ्दो क्रममा

नेपालगञ्ज : नसर्ने तथा जटिल रोगका विरामी दिनहुँ उपचारको सिफरिस तथा आर्थिक सहयोगको लागि नेपालगञ्ज उपमाहनगरमा आउन थालेपछि यसको निराकरणका लागि उपमहानगरकोे आयुर्वेद शाखाले शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमार्फत गत साउन १ देखि सञ्चालनमा ल्याएको पुर्वकर्म/पञ्चकर्म सेवालिने सेवाग्रहीमा बृद्धि भएको पाईएको छ ।

उपमहानगरले पुर्वकर्म÷पञ्चकर्म सेवा सुरु गरेको २ महिनामै ७ सय ३१ जनाले विभन्न सेवा लिएको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आयुर्वेद शाखामा कार्यरत डा शिवराज सुवेदीले जानकारी दिए ।

उनले भने–‘ शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा आयुर्वेद सेवा सञ्चालनको १ वर्ष पुगेपनि सेवाग्राहीको चाप भने पुर्वकर्म/  पञ्चकर्म सेवा सुरु भएपछि बढेको छ ।’ उनले दैनिक १०–१५ जना सेवाग्राही पुर्वकर्म/पञ्चकर्म सेवा लिन आउने गरेको बताए ।

नेपालगञ्ज उपमहानगरले सञ्चालन गरेको शहरी स्वास्थ्य प्रबद्र्धन केन्दको आयुर्वेद सेवा लिनेहरुमा ओपिडीबाट ४ सय ६९, पुर्वकर्म/पञ्चकर्म सेवा लिने ४ सय ५, स्तनपायी आमाहरुको लागि दुग्धबर्धक शतावरी चुर्ण वितरण १०, र जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धनमा १ सय १ जनाले सेवा लिईसकेका छन ।

नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखाले गतवर्षको असोजमा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगञ्ज–४ आयुर्वेद सेवा सुरु गरे पनि पुर्वकर्म/पञ्चकर्म सेवा भने गत साउनमा मात्र सुरु गरेको डा.सुवेदीले जनाकारी दिए ।

उनले उपमहानगरले नसर्नेरोगका लागि योगा कक्षा, खुला जिम पनि सञ्चालनमा ल्याएको बताए । उनले स्थान अभाव तथा सिमित जनशक्तिका कारण पुर्वकर्म/ पञ्चकर्म सेवा माग भएजति पुरागर्न नसकेपनि भरपुर सेवा दिने कोशिस गरिएको बताए ।

उपमहानगरका विभिन्न वडाबाट नशा, बाथ, पक्षघात, उच्च रक्तचाप मुटुलगायतका कडा रोग लागेका बिरमी दिनहुँ पुर्वकर्म/पञ्चकर्म सेवा लिन सेवाग्राही आउने गरेको र यस सेवाबाट आफुहरुलाई फाईदा पुगेको उनीहरुको भनाई छ ।

नेपालगञ्ज उपमहानगरबाट मृगौला, क्यान्सर, मेरुदण्ड, पक्षघात, उच्च रक्तचाप मुटुलगायतका कडा रोग लागेका १ सय ५३ विरामीले १ लाखको उपचार सहयोग सिफारिस लिएका छन । त्यसैगरी बैशाख–असारसम्म २ सय २९ जनाले मासिक ५ हजारका दरले भुक्तानी नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाबाट लिएको तथ्याङ्क छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया