बाँकेका १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदै

दादुरा रुवेला अभियान सुरु

नेपालगञ्ज : बाँकेमा आज फागुण १३ गते आइतबारदेखि दादुरा–रुवेला खोप अभियान सञ्चालनमा ल्याईएको छ । नेपालगञ्ज–४ मा रहेको कन्या माध्यामिक विद्यालयको खोपकेन्द्रबाट दादुरा–रुवेला विरुद्धको खोप लगाउन सुरुवात गरिएको हो ।

बाँकेका ८ वटै स्थानीयतहका ८१ वडाका स्वास्थ्य सस्थाले तोकेको खोपकेन्द्रहरुबाट दादुरा रुबेला खोप अभियानमा ९ महिना देखि ५ बर्षमुनीका बालबालिकाहरुलाई दादुरा–रुबेला लगाएत छुट खोप (डिपिटी.हेपबी हिब, पिसिभि, आइपिभी र ५ बर्षदेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

सो अभियानको जिल्ला समन्वय प्रमुख ज्ञानेन्द्रकुमार चौधरी र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, वडानं ४ कार वडा अध्यक्ष गोपाल पुनले सुरुवात गरेका थिए ।

गतवर्ष दादुरा–रुवेला निवारणको घोषणा गर्ने तयारी कै क्रममा बाँकेमा एकजनाको दादुराका कारण मृत्युसंगै फैलिएको महामारीका कारण ९ महिनादेखि १५ वर्ष उमेर समुहका १ लाख ६५ हजार ५ सय ६६ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकृत श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोल्डचेन निरिक्षक जनकराज गिरिले बाँकेमा १ लाख ८६ हजार खोप मौजुदा रहेको बताए । उनले अभियानको लागि खोपको अभाव नहुने स्पष्ट पारे ।

सो अभियानका लागि १ हजार २ सय ९६ जना स्वास्थ्यकर्मी, १ हजार २ सय ७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु, ४ सय ५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिएको छ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ ।

 

 

 

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया