रुद्र सुवेदी : पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप HPV भ्याक्सिन ९ वर्षदेखि १४ वर्ष उमेर समूहका बालिकालाई भविश्यमा हुनसक्ने क्यान्सरबाट जोगाउनको लागि लगाईन्छ ।
यो ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई दुईडोज लगाउने गरिन्छ । पहिलो डोज लगाएको ६ महिनापछि दोस्रो डोज लगाउन सकन्छि ।
यो भ्याक्सिन १४ वर्ष माथिका किशोरीलाई पनि लगाउन सकिन्छ । यो १४ वर्ष माथि उमेरका किशोरीलाई ३ डोज लगाउनु पर्छ । पहिलो डोज लगाएको १ महिनापछि दोस्रो डोज र तेस्रो डोज ६ महिनापछि लगाउन सकिन्छ ।
गर्भवती महिलाले यो भ्यक्सिन लगाउन हुँदैन । भ्याक्सिन लगाएको ३ महिनासम्म गर्भधारण गर्नु हुँदैन साथै स्त्रीरोग विषेशज्ञ चिकित्सकको सल्लाह र रेखदेखमा लगाउन हुने नहुने तय गर्न सकिने छ ।
(डा.ईन्द्रनिल घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन ) ।
हेल्थइरा । २०८०, १२ फाल्गुन शनिबार