डा. शिवराज सुवेदी : हामीले स्वास्थ्यको लागि अपनाउनु पर्ने दैनिक गतिविधिलाई आयुर्वेदमा दिनचर्या भनिएको छ । सामान्यतया एक दिनभन्नाले विहान सूर्योदयदेखि भोलीपल्टको सूर्योदयसम्मको २४ घण्टाको समयलाई बुझ्ने गरिन्छ । आयुर्वेदमा यस अवधिलाई अहोरात्र भनिएको छ । दिन सत्कार्यका लागि भएकोले यो कर्म÷कामको अपेक्षा राख्दछ । भने रात आरामको लागि हो ।
आयुर्वेदिय स्वास्थ्यको लागि दिनमा आहार–विहार र आचार, विचार, रसायन–अनुशासनको व्यवस्था गरिएको हुन्छ भने वस्नु र रातमा आराम नगर्नु स्वास्थ्यका प्रतिकूल आचरण हुन भन्ने कुरा आयुर्वेदले निश्चित गरेको छ ।
– मानिसले विहान उठेदेखि वेलुका सुत्ने वेलासम्म असल स्वास्थ्यका लागि गर्नुं पर्ने आहार, विचार, सदाचार, क्रियाकलापहरुलाई दिनचर्या “दिने–दिने चर्या दिनचर्या” (अव्यङ्ग हृदय २/१)
–मानिसले आरामका लागि निद्राको पर्याप्त सेवनलगायत रात्री जीवनका स्वस्थकर आचार र व्यवहारको उचित व्यवस्थापन गर्नु र शरीरलाई पूर्ण आरामदायी अवस्थामा पु¥याउनुलाई रात्रीचर्या भनिन्छ ।
दिनचर्याको उद्देश्य :
– स्वास्थ्य रक्षार्थको लागि आयु वृद्धि
–ईन्द्रिय र मन प्रशन्न
–वलप्राप्ती
–मनमा शान्ति, शुद्धता
– नियमित शरिरले निकाल्ने स्वभाविकमलहरुको उत्सर्ग
–अनुशासन प्राप्ती र मानसिक स्वास्थ्यलाभ आदि ।
१.व्रहममुहुर्तमा उठ्ने :
व्रहम–ज्ञान, मुहुर्त समय (ज्ञान प्राप्तीको उत्तम समय) आयुर्वेद स्वास्थ्यले विहान उठ्ने समयलाई व्रहममुहुर्त भनेको छ । यो समय सुर्योदय हुनुभन्दा चार घडी अर्थात झण्डै दुई घण्टा (१ घण्टा–३६ मिनेट) पहिलेको समय हो । यो समयलाई अमृत–वेला पनि भनिएको छ । अतः यो समयमा व्युझिएर उठ्ने व्यक्तिले अमृत या सर्वोत्तम स्वास्थ्यका लागि चाहिने प्राण तत्व (अक्सिजनलगायत) पाउछ ।
व्रहममुहुर्तमा सुत्ने व्यक्तिका लागि यो स्वर्णीम स्वास्थ्यकर प्रकृतिपदत्त अमृत गुम्दछ । साथै यस समयलाई ज्ञान एवम् तप साधनाका लागि पनि सर्वोत्तम मानिएको छ । यस वेलामा गरिएका अध्ययन र पठन–पाठन लामो समयसम्म रहिरहने र दिनको तुलनामा थोरै समयमा धेरै ज्ञान आर्जन हुने कुरा वैज्ञानिकहरुले सिद्ध गरिदिएका छन् ।
त्यसैगरी यो समयमा गरिएका सत्कर्म एवम् पुण्य कर्म सवै सार्थक र फलदायी हुन्छन् । यसैले ज्ञानी ऋषिमुनिहरु यहि समयलाई आफ्नो जप/तप र योग साधनाका लागि उपयोग गर्दछौ ।
२. आचमन/जलपान/उषापान : यो उषाकालमा पिउने पानी हो । अघिल्लो दिनमा÷वेलुका तामाको भाँडोमा राखिएको पानी भोलिपल्ट पिउनुपर्छ ।
फाईदा :पाचन प्रणाली नियमित रहन्छ । मल अवरोध हुदैन । अनुहारमा चाउरी समय पूर्व आउनबाट जाेिगन्छ । रोगप्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ ।
३.मलमूत्रको त्याग/मलमूत्रविसिर्जन : मलमूत्र आदिको त्याग विहानको नित्यकर्म मध्ये मूख्य काम हो । यहि कामलाई नियमित गर्न सकियो भने हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ । तर, नियमित गर्ने नाउमा वलपूर्वक मल त्याग गर्नु पनि उचित हुदैन । प्राकृतिक वेगको प्रतीक्षा गरी वेग आएपछि मात्र यत्नपूर्वक मलमूत्रको विसर्जन गर्नुपर्दछ ।
मलमूत्र त्याग गर्दा बोल्नु हुँदैन साथै खुला स्थान, पत्रपत्रिका, मोवाइल जस्ता कार्यहरु गर्नु हुदैन । वरु आफ्नो शरीरमा जम्मा भएको र विकारको त्याग भईरहेको सुखद अनुभूतिममनलाई एकाग्र तुल्याउनु पर्छ ।
४. दन्तधावन/ जिहवानिर्लेखन : (दाँत सफागर्ने र जीव्रो सफा ) : आयुर्वेदमा दाँतको सफाईलाई निकै महत्व दिइएको छ । नीम, वलुल, करज्ज, दतिवन आदिको सफा हरियो र नरम डाँठलाई आफ्नै दाँतले चपाएर व्रस जस्तै नरम बनाईएको जडीवुटी व्रसले दाँतको भित्रबाहिर र तलमाथि गरी दाँत माझ्ने कार्यलाई आयुर्वेदमा दन्तधावन/ दन्तमंजन या दन्तपवन भनिन्छ ।
फाईदा: दाँत स्वच्छ एवम् मजवुत हुन्छन् । मुखको दुर्गन्ध एवम् विषाक्तता नष्ट हुन्छ । जीव्रो स्वच्छ र सफा रहन्छ । स्वादको ज्ञान राम्रोसँग हुन्छ ।
५. नव्य:प्रतिमर्श : आयुर्वेदमा नाकलाई शिरको द्वारको रुपमा लिईन्छ । ‘नाशा हिं शिरशो द्वारम’ प्रतिदिन २ थोपा तिलको तेल नाकमा हाल्नाले आरोग्य, र विशेष गरी आँखा, नाक, कान, घाँटी, र पोतो नवस्ने प्रभाव देखाउँछ । नव्यले राम्रो निद्रा पर्दछ ।
खाना खाएपछि, पानी पिउने वित्तिकै, मद्यपान गरेको अवस्थामा, नयाँ रुघाखोकी लागेको वेलामा, गर्भावस्था र सुत्केरी अवस्थामा गर्नु हुदैन र चिकित्सक को प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ ।
६. गण्डुस/ कवल : दाँत, जिव्रो, घाँटी लगायत समस्त मुखको स्वास्थ्यका लागि आयुर्वेदिले गण्डुस र कवल गरी २ थरीका मुखरोग नाशक, मुख शुद्धि कारक कुल्ला गर्ने विधी बताइएको छ ।
तिलको तेल, त्रिफलाक्वाथ÷कादा, नुनपानी तथा आवश्यकता अनुसार अन्य औषधि र जडीवुटीको घोललाई गण्डुस र कवलधारणका लागि लिन सकिन्छ । गर्मीमा चिसो र जाडोमा तातो पानीले मुख प्रच्हालन गर्ने । माथिका विधिहरुको गिजा, दाँत, मुुटु, फोक्सो, मधुमेह, मुख गन्हाउने आदी रोगमा फाइदा गर्दछन् ।
७. योग, ध्यान, व्यायाम : शरीरको आवश्यकतानुशार योग, ध्यान तथा व्यायाम गर्न सकिन्छ । अवसाद, तनाव, चिन्ता, दुखाई मोटोपना अनिद्रा , थकान आलस्यता, दिर्घरोग, स्मृतिवर्धक आदिको फाइदा मिल्छ ।
८. अम्यङ्ग : विभिन्न तेलको प्रयोग गरेर शरीरमा विशेष दवावदिएर गरिने मालिसको विजीलाई अम्यङ्ग भनिन्छ । अम्यङ्ग गर्नाले त्वचा/छाला, नसा, जोर्नी मांसपेशीलगायत शरीरका अङ्ग, अवयववलिया हुन्छन् । शारीरिक मानसिक रुपमा फुर्तिलो बनाउँछ । थकाई, दुखाई, कम गर्छ । आँखाको दृष्टिशक्ति बढाँउछ त्वचा शुद्ध हुन्छ । वर्ण सुन्दर र प्राकृत हुन्छ ।निद्रा राम्रो लाग्छ ।
९. उद्धर्तन उवटन : शरीरको र छालाको आवश्यकतानुसार शीतलताको लागि उद्धर्तनमाचन्दन र उण्ठाताको लागि अगरु (अगर) ले गर्ने सकिन्छ ।
१०. स्नान : आयुर्वेदमा स्नानलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । अम्यङ्ग र उद्धर्तनपछि स्नान अनिवार्य छ । स्नानले गर्मी, दुर्गन्ध पसिना चिलाउने तथा तीर्खा हटाउने, रोगप्रति रोधात्मक क्षमता, वलवायु जाठराग्नी (पाचनशक्ति) बढाउछ । शीर चिसो पानीले तथा शरीर तातो पानीले स्नान गर्ने ।
११. भोजनग्रहण : शरीर निमार्ण गर्न, शरीरलाई शक्ति प्रदानगर्न र रोग प्रतिरोध क्षमता विकास गर्न, आफ्नो प्रकृति, अग्नि, वल, देश, काल र आहारको गुण आदि विचार गरी आहार सेवन गर्नुपर्दछ । आमाशयको ४ भागमा–२ भाग खाना, १ भाग पानी र १ भाग खाली हुनुपर्छ ।
१२. वस्त्र आभुषण : वस्त्र÷कपडा, आभुषण, जुत्ताआदि शरीरको रक्षाको लागि हुन । यी सवै शरीर र स्वास्थ्यको लागि अनुकूल हुनुपर्छ ।
१३. जिविका/व्यवसाय : आ–आफ्नो योग्यता वा आर्जन अनुसार परिवार र समाजको हितहुने गरी लोभ–लालच होइन कर्तव्य पुरा गर्ने शुभ–आशयका साथ शरीर र स्वास्थ्यको अनुकूल हुने जिविका÷व्यवसाय रोज्नुपर्छ ।
१०. रात्रीचर्या : रातीको ९–१० वजेभित्र शौच आदिबाट निवृत भई ओछ्यानमा जाने र वुवाआमा, गुरु तथा आफ्नो आस्था रहेका ईश्वरलाई सम्मान पूर्वक स्मरण गरी उपयुक्त आसनमा देव्रे (वाया) कोल्टो परेर प्रसन्न मनले ७–८ घण्टा गहिरो निद्रा हुनेगरी निदाउने ।
आयुर्वेदले रात्रीचर्यालाई शयन वा निद्राका लागि छुट्याएको हो । दिनभरीको काम, आहार, विहार, विचार, व्यायाम, व्यवसाय र श्रम आदिका कारणले थकित भएका शारीरिक संयन्त्रलाई पर्याप्तअ ारामदिएर पुनः दुरुस्त र ताजा वनाउनु निद्राको उद्देश्यहो । यसरी आयुर्वेद स्वास्थ्यमा दिनचर्या तथा रात्री चर्याको महत्व प्रष्ट हुन्छ ।
डा. शिवराज सुवेदी, आयुर्वेद चिकित्सक हुन, उनी बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगञ्जमा कार्यरत छन्
हेल्थइरा । २०८०, ११ फाल्गुन शुक्रबार