नेपालगञ्ज : नेपाल नर्सिङ सङ्घ बाँकेमा लामो समयको अन्तरालपछि शिला शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
सङ्घको उपाध्यक्षमा सुमन गिरी, सचिवमा शर्मिला थापा, कोषाध्यक्षमा विष्णु श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यसैगरी सङ्घको कार्यसमिति सदस्यहरूमा दिव्यश्वरी न्यौपाने, पुष्पा गुरुङ, तुलसी परियार, उषा देवरोए, केकमा खान, झसुन्द्रा केसी, गौरी पोखरेल, पार्वती सोमै, अमृता शाही, सृष्टि श्रेष्ठ र विन्दु शर्मा निर्विरोध चयन भएका हुन् ।
लामो समयदेखि संघ लक्ष्मी केसी वलीको नेतृत्वमा रहेको थियो । संघ बाँकेमा करिब ३ नर्स सदस्यहरू आबद्ध रहेको सङ्घका सचिव सुमन गिरीले जानकारी दिईन ।
हेल्थइरा । २०८१, ३० बैशाख आईतवार