भेरी अस्पतालको मेसुमा डा पाण्डे नियुक्त

नेपालगञ्ज   : भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे नियुक्त भएका छन् । भेरी अस्पतालको मेडिसिन विभागमा कार्यरत रहेका डा. पाण्डेलाई सरकारले प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।

नेपालमा सिकलसेल एनिमियाको पायोनियरका रुपमा आफुलाई स्थापित बनाउन सफल रहेका डा. पाण्डे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनको बर्लिनमा छन् ।

लामो समयदेखि भेरी अस्पतालको मेडिसिन विभागमा कार्यरत रहेका डा पाण्डे भेरी अस्पतालको पहिलो पटक ब्यबस्थापकिय जिम्मेवारीमा नियुक्त भएका हुन । भेरी अस्पताललाई नजिकबाट नियालेका डा. पाण्डेले अस्पतालको सेवा प्रबाहलाई स्तरीय बनाउने र स्तरिय सेवा भेरीबाट प्राप्त हुने धेरैको बिश्वास छ ।

पश्चिम नेपालको ईतिहास बोकेको भेरी अस्पतालको सेवा प्रबाहलाई थप स्तरीय बनाउन सबैसंग समन्वय र सहकर्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । यसअघि भेरी अस्पतालको मेसुमा डा पवनजंग रायमाझी थिए ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82




फेसबुकबाट तपाईको प्रतिक्रिया