बाँकेमा पोलियोविरुद्ध आईपिभि खोप अभियानको सुरुवात

नेपालगञ्ज : बाँकेको डुडुवा गाउपालिका–६ सुब्बापुरवा हिरमिनियाबाट पोलियो विरुद्धको खोप आईपिभि खोप अभियानको सुरुवात गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन समेत रहेका नरेशवाबु श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार डुडुवा–६ मा रहेको मदर्सा दारुल उलम इस्लामिया कार्दिया, नुरी मस्जिद , सुब्बापुर्बा– हिर्मिनिया–६, बाट डुडुवा गाउँपालिकाको आइपीभी खोप अभियान सुभारम्भ गरिएको हो ।

अभियानमा बाँके जिल्लाका २०७३ बैशाखदेखि २०७५ आश्विन महिना भित्र जन्मेका ३५ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको खोप दिने लक्ष राखिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया