बाँझोपन विज्ञ डाक्टर नुतन नेपालगञ्जको हेल्थ केयरमा आउँदै

नेपालगञ्ज :  महिलामा हुने बाँझोपनको समस्याका बारेमा बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा नेपालगञ्ज आउदै छन् ।

काठमाण्डौको बि एण्ड बी अस्पतालमा सेवा प्रवाह गर्ने उनी नेपालगञ्ज र आसपास क्षेत्रका निसन्तान जोडिका समस्या समाधान गर्न नेपालगञ्ज आउने भएकी हुन । नेपालगञ्जको हेल्थ केयर क्लिनीकमा आगामी जेठ २६ गते शनिबार उनीले सेवा प्रवाह गर्ने कर्यक्रम तय भएको छ ।

उनले निसन्तान सम्बन्धी समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइराइड तथा महिलाहरुमा देखिने सम्पूर्ण समस्याको निदान र उपचार सेवा दिने छन् ।

निसन्तान जोडिको समस्या समाधानसंगै स्त्रीरोग, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्या निदान र उपचारका लागि मौकाको फाईदा उठाउन सकिने छ । डाक्टर शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गरेएको बताईन ।
‘हालै बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ ।’ डाक्टर शर्माले अगाडि थपिन–‘हामीले बी एण्ड बी मै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर सञ्चालन गरिसकेकाछौं ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया