बालसुधार गृहका बालविज्याईकर्ताका लागि योग प्रशिक्षण

बैजनाथ (बाँके) :  योग ध्यान कार्यक्रमका माध्यामबाट मानसिक स्वास्थ्य सेवा प्रबद्र्धनका लागि बाँके अयुर्वेद स्वास्थ्य केंन्दले बाल सुधार गृह नौबस्तामा रहेका बालविज्याईकर्ताहरुलाई लक्षितगरी सातदिने योग ध्यान शिविर सञ्चालन गरेको छ ।

बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालविज्याईकर्ताको मानसिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साताव्यापी योग ध्यान कार्यक्रम सञ्चालन गरिएको बाँके अयुर्वेद स्वास्थ्य केंन्द्रका प्रमुख डा. गितार रेग्मीले जानकारी दिईन ।

उनले योग ध्यानका माध्यामबाट बालविज्याईकर्ताहरुको मानसिक स्वास्थ्य सेवा प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको बताईन ।

बालुधार गृहमा रहेका बालविज्याईकर्ताहरु कोरा कागज भएको र उनीहरुलाई समाजमा योग्य नागरिक बनाउदै समाजमै पुनरमिलन गर्न योग ध्यानका माध्यामबाट मानसिक स्वास्थ्य सेवा प्रबद्र्धन गर्न आवश्यक रहेको सुधार केन्द्र श्याम बहादुर रानाको भनाई छ ।

बाँके बैजनाथ–३ का वडा अध्यक्ष निखिल बैगारले बाल मनोभावनालाई बुझेर उनीहरुमा रहेको नकारात्मक भावनालाई सकारात्मक उर्जामा बदल्नका लागि स्थानीय पालिकाले पनि सहकार्य गर्ने बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सुधार केन्द्रमा रहेका बालविज्याईकर्ताहरुलाई योगका माध्यामबाट उनीहरुमा रहेको नकारात्मक विचार फाली सक्षम नागगरिक बनाउन सबैको पहल हुनु पर्ने कुरामा जोड दिए ।

बाँके अयुर्वेद स्वास्थ्य केन्द्रका डा शिवराज सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा सिताराम चौधरीले कार्यक्रममाथि प्रकाश पारेका थिए भने योग प्रशिक्षक गौरि शंकर मण्डलले योग प्रशिक्षण दिएका थिए । कार्यक्रममा सय वढी बाल विज्याईकर्ताहरुको सहभागिता रहेको थियो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया