नेपालगञ्जमा राष्ट्रिय योग दिवश मनाईयो

नेपालगञ्ज  : स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने मुल नाराका साथ १०औ राष्ट्रिय योग दिवश २०८१ नेपालगञ्जमा मनाईएको छ । योग समिति नेपालको आयोजनामा सो दिवश मनाईएको हो ।

योगगुरु तथा योग समिति नेपालका अध्यक्ष डा. गिरिराज भट्टराईले शरिर, आत्मा, विचार र मन शुद्धिका लागि नियमित योग आवश्यक हुने कुरामा जोड दिए । १०औ राष्ट्रिय योग दिवश २०८१ मनाउने क्रममा उनले नियमित योग विनाको जीवनशैली कल्पना पनि गर्न नसकिन बताए ।

उनले नसर्ने रोगहरुको उपचारको लागि योग एक अचुक अस्त्रभएको दाबी गर्दै योग राज्यको प्राथामिकतामा नपरेको गुनासो समेत गरे ।

कार्यक्रममा नरैनापुर गाउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताए ।

सो अवसरमा नेपाल चिकित्सक संघ भेरीका निवर्तमान अध्यक्ष तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा बिनोद थापाले नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने कुरामा जोड दिदै आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।

योग समिति नेपालले घरघरमा टोलोटोलमा योग पु¥याउन ३६४ जना प्रशिक्षक उत्पादन गरी विभिन्न जिल्ला ७ तथा विभिन्न ३४ वटा योग केन्द्र सञ्चालनमा ल्याई निशुल्क योग शिविर समेत सञ्चालन गर्दै आएको उपाध्यक्ष लोकमाया सुवेदी सुमित्राले जानकारी दिईन । पछिल्लो समय नसर्ने रोगबाट जोगिनका लागि योग साधनामा जोडिनेको संख्या बढ्दो छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया