संजिविनी कलेज अफ मेडिकल साईन्सेज नेपालगञ्जको मेसुमा डा. रोमान नियुक्त

नेपालगञ्ज :  संजिविनी कलेज अफ मेडिकल साईन्सेज प्रालिका लागि मेडिकल सुप्रेन्डेण्टका रुपमा बरिष्ठ सर्जन डा. रोमान किडवाईलाई नियुक्त गरेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको रुपमा सञ्चालनमा रहेको सो अस्पतालको व्यवस्थापन संजिविनी कलेज अफ मेडिकल साईन्सेज प्रालिले लिएर आफ्नो सेवा विस्तारको लागि अस्पतालको मेसुमा डा. रोमानलाई नियुक्त गरेको हो ।

मेसुमा नियुक्त डा रोमान यस अघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका असिस्टेन्ट डाईरेक्टर हुन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया