विपीस्मृती दिवसमा राप्तीसोनारीमा काँग्रेसले गर्यो स्वास्थ्य शिविर

 

राप्तीसोनारी (बाँके) : नेपाली काँग्रेसका संस्थापक नेता स्व विपी कोईरालाको ४३ र्औ स्मृती दिवसको अवसर पारेर महिलाको पाठेघरको मुखको क्यन्सर जाँच तथा बाँझोपनका बारेमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्रनं. १ को आयोजना तथा राप्तीसोनारी गाउपालिका बाँकेको आर्थिक सहयोगमा एचसिआरसी अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको क्षत्रीय सभापति पोषणराज केसीले जानकारी दिए ।

उनले स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका महिलाहरुलाई प्राथमिकतामा राखेर गाउँघरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार सेवा प्रदान गरिएको बताउदै काँग्रेसले राजनीतिक मुद्दामा मात्र केन्द्रीत नभएर आमनागरिकको स्वास्थ्यप्रति पनि अत्यन्तै सजग र जिम्मेवार रहेकोले शिविर आयोजना गरिएको बताए । करिव डेढ सय ग्रामिण महिलाले सो स्वास्थ्य शिविरबाट लाभ उठाएको क्षेत्रीय सभापति केसीले जानकारी दिए ।

राप्तीसोनारी–७ को अमरज्योति मावि नन्कौपुरमा आयोजित सो शिविरको नेपाली काँग्रेस लुम्बिनीका स्वास्थ्य विभाग प्रमुख अञ्जना पाण्डेले उद्घाटन गरेकी थिईन ।

सो शिविरमा एचसिआरसी अस्पतालका स्त्रीरोग तथा बाँझोपन विषेशज्ञ डा. मञ्जु बिसि, शाहको टोलीले सेवा दिएको थियो । डा. बिसिले सो शिविरमा सेवा लिन आएका गृहणी महिलाहरुमा पाठेघर खसेको, बाँझोपनको समस्या तथा सेतोपानी बग्ने गरेको र एक दुईजनामा पाठेघरको मुखको क्यान्सरको लक्षण पाईएको जानकारी दिईन ।

उनले भनिन–‘ शिविरमा आउनु भएको गृहणी महिलाहरु समस्या बोकेर बस्ने तर, लाज र संकोचको कारण आफ्नो समस्या भन्न र देखाउन नमान्ने गरेको पाईयो । धेरै काउन्सिलिङ्ग पछिमात्र केहीले आफ्नो समस्या भन्न सक्नु भयो ।’

डा.बिसीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरसबैभन्दा चुनौतिपूर्ण बनेको बताउदै नियमित चेकजाँचको अभाव र स्वास्थ्यप्रतिको हेलचेक्र्याइका कारण महिलाहरुको पाठेघरको क्यान्सरसँग जुधिरहेको समेत बताईन । उनले आफ्नो स्वास्थ्यप्रति आफै सजग रहन महिलाहरुलाई आग्रह समेत गरिन् ।

शिविरमा आएकालाई उपचार भएसम्म शिविर मै उपचार गरिएको केहीलाई नेपालगञ्ज पुन जाँचका लागि आवश्यक देखिएकालाई नेपालगञ्ज बोलाईएको छ ।

प्रदेश ‘क’ का सभापति अमरबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेको कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य देवबहादुर खाँड, प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतको उपस्थिति रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया