
नेपालगञ्ज : देशभकरका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउने अभियान आजदेखि सुरु भएको छ । यो क्रम दुई दिनसम्म सञ्चालन हुने छ ।
‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुआउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।



हेल्थइरा । २०८२, २१ कार्तिक बिहीबार