बालरोग विषेशज्ञ डा विष्णु कुमार थापाको सुझाव भिडियोसहित

निमोनिया के हो ? निमोनियाबाट बालबालिकालाई कसरी जोगाउन सकिन्छ

नेपालगञ्ज : मौसम परिवर्तन हुने समयमा निमोनियाको समस्याले सताउने गर्छ । फोक्सोको नलीको ईन्फेक्सनलाई नै निमोनिया भनिन्छ । यो सबै उमेर समूहका मानिसलाई देखिए पनि पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।

केयरसिटी अस्पताल नेपालगञ्ज बरिष्ठ बालरोग विशेषज्ञ डा. बिष्णुकुमार थापाले मौसम परिवर्तन हुने समयमा खासगरी जाडोमा बालबालिकालाई निमोनियाले बढी दुःख दिने बताउछन । ‘ यो समयमा सास फेर्न गाह्रो हुने, ज्वरो आउने, कोखा हान्ने, उमेर अनुसारको स्वास बढ्नु, दुध नखानु, रुघाखोकी जस्ता लक्षण लिएर अस्पतालमा आउने बिरामीको एक्सरे गर्दा छातीमा निमोनिया देखिने गरेको छ ।’

जाडोमा तापक्रम घटेसँगै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा बालबालिकामा निमोनियाको जोखिम बढ्ने उनको भनाई छ । उनले समयमा उपचार हुन नसेक निमोनियाका कारण पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हुन सक्ने बताए ।

निमोनिया कस्तो रोग हो ? कुन–कुन उमेर समुहलाई निमोनिया हुन सक्छ ?

बालरोग विषेशज्ञ डा थापाका अनुसार निमोनिया फोक्सोकाने नलीमा हुने सङ्क्रमण हो । निमोनियाले फोक्सोमा असर गरि स्वासप्रस्वासमा समस्या उत्पन्न गराउछ । उनी भन्छन–‘ यो दुई प्रकारको हुन्छ सामान्य र जटिल ।

सामान्य :

सामान्य निमोनिया भएमा चित्सकको सल्लाह बमोजिम बिरामीलाई घरमै राखेर उपचार गर्न सकिने उनको भनाई छ । विरामीलाई झोलिलो पदार्थ खान दिने र चिकित्सकले दिएको एन्टिबायोटिक औषधि खान दिएमा ७ दिनभित्र निको हुने डा थापा बताउछन ।

जटिल  :

जटिल निमोनिया भएको खण्डमा विरामीको कोखा बढी हान्ने, अक्सिजन लेभल कम हुने हुन्छ । त्यस्ता विरामीलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिने, अवस्था हेरेर भेन्टिलेटरसम्म प्रयोग गर्ने र ईन्जेक्सनको माध्यामबाट उपचार गर्ने गरिन्छ ।

निमोनिया प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई हुन्छ । यो ५ वर्ष मुनीका बालबालिका र ७० वर्ष माथिका बृद्धबृद्धालाई बढी हुने गरेको डा. थापाको भनाई छ । उनी भन्छन–‘ यो ५ वर्ष मुनीका बालबालिका र ७० वर्ष माथिका बृद्धबृद्धालाई बढी हुन्छ । उसो त शरिरमा प्रतिरोधात्मक शक्ति कम भएका व्यक्ति पनि निमोनियाको संक्रमणमा पर्न सक्छन ।’

कसरी हुन्छ रोकथाम

निमोनिया ब्याक्टेरिया, भाइरस, ढुसी (फङ्गस) जुनसुकैको सङ्क्रमणले गर्दा लाग्न सक्ने डा. थापा बताउछन् । उनले कोरोना भाईरसका कारण पनि निमोनिया संक्रमण बढेको स्मरण गराए । उनले ईन्फुएञ्जाको कारण हुने निमोनियालाई भाईरल ईन्फुएञ्जाको खोफ सबै उमेर समुहकालई लगाउन सकिने र व्याक्टिरिययाका कारण हुने निमोनियाका लागि न्यू ओवल ब्याक्टरिय खोप ६ हप्ता, १० हप्ता १४ हप्ता र १५ महिनामा बुष्टर डोज खोप लगाउन सकिने बताए ।

जोगिने उपाय : 

डा थापाका अनुसार निमोनिया मौसम परिवर्तनका कारण हुने भएकोले यस्तो बेलामा यी सजगता अपनाउन सके निमोनियाबाट जोखिन सकिने छ ।

खानपानलाई ध्यान दिने,
स्वाच्छ सफा खानामा जोड दिने,
बढी प्रोटिन भएको खाना खाने
भ्याक्सिनको प्रयोग गर्ने
बन्द कोठामा आगोको कोईला हिटर बालेर सक्ने कार्य नगर्ने
फोक्सोको ईलर्जी चिसोले गर्दा हुने भएकोले हिटर, कोईला बालेर सेकताप गर्दा विरामीलाई झन असहज हुने कुरालाई ध्यान दिने
असहज अवस्था देखापरे चिकित्सक कहाँ लैजाने

बच्चामा निमोनियाका लक्षण देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान डा.थापाको सुझाव छ । निमोनिया हुनबाट बचाउन बालबालिकालाई पूर्ण खोप लगाउनुका साथै पूर्ण स्तनपान गराउने, निमोनिया भएका बालबालिकालाई पोषिलो, झोलिलो खानेकुरा खुवाउने, पटक पटक स्तनपान गराउन, बच्चालाई नगुम्स्याई न्यानो पारेर राख्ने, धुवाँ धुलोबाट बचाउनु पर्ने उनको सुझाव छ ।

डा. विष्णु कुमार थापा बालरोग विषेशज्ञ हुन उनी केयरसिटी अस्पताल नेपालगञ्जमा भेटिन्छन । सम्पादक




फेसबुकबाट तपाईको प्रतिक्रिया