समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले आयुर्वेदकर्मी तथा औषधि कुटुवालगायतका स्वास्थ्यकर्मीलाई पूर्वकर्म–पञ्चकर्म सम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ।
- तालिममा पञ्चकर्म, शिरोधारा, जलौका चिकित्सा तथा विभिन्न आयुर्वेद उपचार विधि र स्वस्थ जीवनशैलीबारे जानकारी प्रदान गरिएको थियो।
- समापन कार्यक्रममा आयुर्वेद सेवाको विस्तार तथा उपमहानगरका आयुर्वेद संस्थामार्फत पूर्वकर्म सेवालाई थप प्रभावकारी बनाउनेमा जोड दिइयो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत रहेका आयुर्वेद औषधालयका आयुर्वेदकर्मी, औषधि कुटुवा तथा अभ्यसकर्तालाई आयुर्वेद चिकित्सा अन्तर्गत पुर्बकर्म पन्चकर्म सम्बन्धी ३ दिने अभिमुखिकरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा सुरेश पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापाको प्रमुख आथित्यमा भएको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रशिक्षक तथा पन्चकर्म शाखा प्रमुख डा. कृष्णप्रसाद चापागाईं र शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र तथा कार्यक्रम संयोजक डा. शिवराज सुवेदीलगायतले आयुर्वेद स्वास्थ्य सेवा तथा स्वस्थ्य जीवन शैलीमा र शरीर सोधन प्रक्रियामा तथा विभिन्न बात तथा नशा जन्य समस्या, मानसिक तनाव तथा अबसाद र अर्धकपाल दुख्ने (माईग्रेन, टाउको दुख्ने) विषउमा प्रशिक्षार्थीलाईजानकारी गरिएका थिए ।

यसैगरी उनीहरुले पिनास जन्य समास्यामा विभिन्न पुर्बकर्म पन्चकर्म स्नेहन तेलको मालिस तथा, स्वेदन ( वाफको सेकाई), बमन ( बान्ता गराउने बिधि), बिरेचन, बस्ती, नश्य, रक्तमोक्षणलगायत जलौका चिकित्सा, शिरोधारा आयुर्वेद सेवाको बारेमा जानकारी दिनुका साथै नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत आयुर्वेद सस्थाहरुले पुर्बकर्मलाई अझै बिस्तार गर्ने कुरामा जोड दिए ।
शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट सञ्चालित पुर्बकर्म÷पन्चकर्म ३ दिने तालिम बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा समापन गरिएको छ । समापन कार्यक्रममा कार्यपालिका सदस्य वसन्तकुमार कनौजिया,बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. आलोक कुमार पाण्डेय, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा. मधुरजी ढकाललगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।




हेल्थइरा । २०८३, १३ असार शनिबार