
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको सुई केही महिनादेखि चरम अभाव भएको छ । सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करुपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ बितेका केही महिनादेखि अभाव रहेको हो ।
अस्पतलमा भने दिनहुँ सय भन्दा बढी सेवाग्राही कुकुरले टोक्यो भन्दै एन्टी रेबिज भ्याक्सिन लागाउन आउनेको चाप छ । अस्पतालले सेवाग्राहीलाईनै निशुल्क पाईने सुई खरिद गर्न लगायर लगाई दिनेगरेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जनाकारी दिए ।
‘अस्पतलमा बिरमीको चाप बढ्नु र माग अनुसारको ‘एन्टी रेबिज भ्याक्सिन’ पुराउन सकिएको छैन’– अस्पतालका सुचना अधिकारी डा. रिसालले भने–‘ अस्पतालले केही भ्वाईल विकास समितिबाट खरिद गरी निशुल्क सेवाग्राहीलाई दिए पनि आर्थिक अभावका कारण त्यसलाई निरन्तरता दिन सकिएन ।’
भेरी अस्पतालले आफैं उपलब्ध गराउने भन्दा संघ र प्रदेशमार्फत प्राप्त भएको डोज आवश्यकता अनुसार वितरण मात्र गर्दै आएकोमा हाल संघ तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात माग अनुसार नभएको भेरी अस्पताल मेडिकल स्टोर प्रमुख भवानीप्रसाद यादवले जानकारी दिए ।
भेरी अस्पतालको १८ नं. ओपिडिबाट ‘एन्टी रेबिज भ्याक्सिन’ लागउने गरिएको छ । निशुल्क पाईने भ्याक्सिन किन्न लगाएको भन्दै सेवाग्राही झगडा गर्न आउने गरेको ड्रेसिङ्ग डिपार्टका ईन्चार्ज कृष्ण बुढाथोकीले बताउछन ।
‘निशुल्क पाईने ‘एन्टी रेबिज भ्याक्सिन’ किन्न पठाउने भनेर सेवाग्राही झगडा गर्न आउछन् । हाम्रो काम सुई लगाईदिने हो अस्पतालको स्टोरले छैन भनेर नदिएपछी उपभोक्तलाई दुईजना मिलेर किन्न लगाउन हाम्रो बाध्यता हो’–बुढाथोकीले भने ।
कुकुरले टोकेपछि लगाइने रेबिज विरुद्धको सुईको चरम अभाव छ । निशुल्क पाईने सुई किनेर लगाउनु परेको सेवाग्रहीको गुनासो छ । अस्पतालको फार्मेसीमा नै नभएपछि गुनासो गर्दै किन्नु पर्ने बाध्यता रहेको छ ।
अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिएको अस्पतालले स्पष्ट पारेको छ । हाल भेरी अस्पतालमा दैनिक ७०–७५ डोज खोप खपत हुने गरेको छ ।



हेल्थइरा । २०८३, ११ असार बिहीबार