नेपाल क्षयरोग निवारण संस्था बाँकेको साधारण सभा सम्पन्न


नेपालगञ्ज   : क्षयरोग नियन्त्रणमा हाम्रो लडाई क्षयरोग मुक्त हिमाल पहाड तराई भन्ने मूल नारामा साथ नेपाल क्षयरोग निवारण संस्था बाँकेको २७औ वार्षिक साधारण सभा नेपालगञ्जमा संम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बाँकेमा ५ सय १८ नयाँ क्षयरोगी फेलापर्ने गरेको बताइएको छ ।

संस्थाका केन्द्रीय सदस्य शेमराज शाक्यले क्षयरोग फैलने दर र मृत्युु दर कोेभिड भन्दा उच्च रहेको भएपनि राज्यले प्राथामिकतामा राख्न नसकेको गुनासो गरे ।

नेपालमा हरेक वर्ष ६९ हजार नयाँ रोगी पत्ता लाग्ने र यी मध्ये ३७ हजार ८ सयमात्र उपचारमा आउने गरेका छन् । बाँकी हराउने प्रबृत्तिका कारण क्षयरोेग न्युनिकरणमा समस्या भएको हो ।

संस्थाले विभिन्न दाताको सहयोगमा क्षयरोग निवारणका लागि कार्य गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्दै आए पनि स्थानीय सरकारले भने प्राथमिकतामा नराखेको उनको गुनासो थियो ।

संस्थाका अध्यक्ष बदरुदीन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पूर्णलाल चुके, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, विन्दु चर्तीमगर, सुरेन्द्र श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया