बाँकेका पाँच पालिकामा बि–ग्रुपद्वारा पोषण कार्यक्रम सञ्चालन

नेपालगञ्ज  : कुपोषणका कारण मात्रृ र बाल मृत्युदर घटाउने उद्देश्यले बाँकेका पाँचवटा पालिकाका सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारका लागि पोषण परियोजना सञ्चालनमा ल्याईएको छ ।

केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्धारा सो परियोजना सञ्चालन गरिएको कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिए ।

उनले कुपोषणका कारण बाँकेमा हुने मात्रृ र बालमृत्युदर घटाउने उद्देश्यले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको र परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गरे ।

सोे अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बाँकेमा पोषणको अवस्था कमजोर भएको र कार्यालयले विभिन्न सहयोगी निकायको सहयोगबाट कुपोषण मुक्त जिल्ला बनाउन सकिने बताए ।

उनले बाँकेमा शिघ्र कुपोषणको अवस्था १० प्रतिशत र कुपोषणको अवस्था ३० प्रतिशत रहेको बताउदै कार्यक्रम सञ्चालनमा आएपछि यसमा पनि सुधार आउने विश्वास व्यक्त गरे ।

परियोजना संयोजक बिधायक केसीले सो परियोजना सिमान्तकृत समुदायका १५ देखि ४९ वर्षका महिला र हजार दिनका आमा तथा परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको बताए ।

बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, राप्तीसोनारी गाउपालिकाका प्रमुख प्रशाखकिय अधिकृत दानबहादुर ऐडीले मातृ मृत्युदरमा प्रदेशमै अगाडी रहेको बाँकेमा यो परियोजनाले आमाहरुको ज्यान जोगाउन ठूलो सहयोग गर्ने बिश्वास व्यक्त गरेका छन् ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया