‘ग्यास्ट्राइटिस’ : लक्षण र कम गर्ने उपायहरू

नेपालगञ्ज  :  ‘ग्यास्ट्राइटिस’ समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अल्सरदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना हुन सक्छ ।

यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।

ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक–फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू तल उल्लेख गरिए अनुसारका भएमा ग्यास्ट्राइटिस भएको हुनुपर्छ ।

– माथिल्लो पेट दुखाइ वा असुविधा हुने
– वाकवाकी र उल्टी आउने
– अपच हुने
– पेट फुल्ने
– भोक नलाग्ने
– डकार आउने

यो रोगबाट बच्न वा कम गर्नको लागि यी सुझावहरू अपनाउन वा विज्ञ चिकित्सको परामर्श अनुार औषधि उपचार गर्न आवश्यक हुन्छ ।

१. रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखाने ।

२. समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्ने अर्थात पेट खाली नराख्ने ।

३. तनावले पनि ‘ग्यास्ट्राइटिस’को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्ने जसले ‘ग्यास्ट्राइटिस’को समस्यालाई कम गर्न मद्दत गर्छ ।

४. धुम्रपान त्यग्ने ।

५. स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खाने ।

६. प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउने ।

७. समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिने र चिकित्सकको सल्लाह अनुसार औषधि लिने ।

८. ‘ग्यास्ट्राइटिस’ त हो भनेर हेलचेक्राइ नगर्ने । समयमै अस्पाताल जाने ।




फेसबुकबाट तपाईको प्रतिक्रिया