मृगौलारोगीका लागि कपिलवस्तुमा सञ्चालनमा आयो डायलाइसिस सेन्टर

कपिलवस्तु : मृगौलारोगीका लागि लक्षित गरी कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तुमा डायलाइसिस सेन्टरको उद्घाटन गरेका हुन ।

मृगौलाफेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

मृगौला फेल भएका बिरामीहरु यसअघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । दश वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ ।

पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । एक जना बिरामीले हप्ताको दुई दिनदेखि तीनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । चारवटा शाखा र एउटा अस्पताल गरी पाँचवटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया