नेपालगञ्ज : नेपाल मनोचिकित्सक सङ्घको १० औं राष्ट्रिय सम्मेलन आज बिहीबारदेखि नेपालगञ्जमा सुरु भएको छ । दुईदिने सम्मेलनको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गरेका हुन ।
लागू औषध र्दुव्यशन पनि रोग हो र यसको उपचार भए दुव्र्यशन मुक्त हुन सक्छ भन्ने मूल आशयका साथ दुईदिनसम्म सञ्चालन हुने सो सम्मेलनमा करिव २ सय नेपाली र २० जना भारतीउ मनोचिकित्सक, शोधकर्ताहरु लगायतको सहभागिता रहेको छ ।
सो सम्मेलनमा बदलिदो परिवेशमा मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुँदै गएको र सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाउदै उपचारको थालनी गर्न जोड दिईएको छ ।
नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा. राजीव शाक्यले मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वात्मक ढंगले काम गर्न जरुरी भएकोमा जोड दिदै पुनः स्थापना गृहलाई सुधार गर्न आवश्यक भएको बताए ।
उनले संघको १० औ महाधिवेशनमा लागु पदार्थलाई कानूनले प्रतिवन्ध लगाएपछि सेवनकर्ता लागुपदार्थबाट टाढा हुन्छ भन्ने पुरातन सोचलाई परिवर्तन गर्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
उनले लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असरको उपचारका विभिन्न विधामा सहयोग पुया¥उन र पुनःस्थापन गर्न सम्मेलनले सघाउ पु¥याउने जानकारी दिदै भारतबाट विज्ञ मनोचिकित्सक प्रोफेसरहरु सम्मेलनमा सहभागि भएको बताए । सम्मेलनमा देशभरबाट करिव २ सय मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० जना मनोचिकित्सक सहभागि छन ।
हेल्थइरा । २०८१, १३ मंसिर बिहीबार