नेपालगञ्ज : नेपालगञ्जमा हालै सञ्चालनमा आएको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगञ्जको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा डा. नितेशकुमार कनोडिया नियुक्त भएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लामो समय अस्पताल व्यवस्थापनमा कार्यरत रहेका डा नितेश हालै अस्पतालको व्यवस्थापन परिवर्तनसंगै उनी संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।
संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको व्यवस्थापन हस्तान्त्रण गरेपछि अस्पतालको मेसु तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लगायतका आवश्यक जनशक्ति नियुक्त गर्दै आएको छ ।
यस अघि अस्पतालको मेसुमा बरिष्ठ सर्जन डा. रोमान किडवाईलाई नियुक्त गरि सकेको छ । सो अस्पताल यसअघि लर्डबुद्ध एकेडमीले सञ्चालन गर्दै आएको थियो ।
हेल्थइरा । २०८१, ५ माघ शनिबार