दक्षिण एशियामा ‘एसएयू’ योगको विस्तार केन्द्र हुँदै : प्रो. केके अग्रवाल

नई दिल्ली :  ११ औ विश्व योग दिवश अर्थात २१ जूनको अवसर पारेर साउथ एशियन यूनिवर्सिटी नई दिल्लीमा अन्तराष्ट्रिय योग दिवश मनाईएको छ । ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ ११ औ अंतरराष्ट्रिय योग दिवस मनाईएको हो ।

साउथ एशियन यूनिवर्सिटीका अध्यक्ष प्रोफेसर केके अग्रवाल एवं वरिष्ठ शिक्षाविद प्रोफेसर सरोज अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा भारत सहित सार्क राष्ट्रका सदस्य देशका संकाय, कर्मचारी तथा छात्र–छात्राले योगाभ्यास गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएयूका अध्यक्ष प्रोफेसर केके अग्रवालले योगबाट निरोग रहनका लागि विभिन्न टिप्सका बारेमा जानकारी दिदै भने–‘योग मात्र शारीरिक व्यायाम होईन यो आत्म–जागरूकताका साथ आध्यात्मिक सोचको बढ़ावा दिने भएकोले दक्षिण एशियामा योगको महत्वका बारेमा ध्यान दिन जरुरी छ । यसका लागि एसएयू ठूलो माध्यम बन्न सक्छ ।’

यसैगरी सोही कार्यक्रममा प्रोफेसर सरोज अग्रवालले योग महिलाका लागि प्राचीन अभ्यास हो जो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको बढ़ावा दिन्छ । उनले योगका कारण विभिन्न खालका रोगको उपचार समेत संभव भएको बताए ।

कार्यक्रममा उपस्थित कुल सचिव डॉ. रविन्द्र कुमार सोनीले योग हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बन्न सकेको उल्लेख गर्दै यो कार्यको लागि एसएयू क्याम्पसमा संकाय, कर्मचारी र छात्र–छात्राको लिए नियमित योग कक्षाको व्यवस्था गरिएको छ, जुन एक असल अभ्यास हो ।

योगको यस अनौठो समागममा बाल कलाकारहरुले पनि योग विधाको शानदार प्रस्तुति गरी सबैको मनमोहित गरेका थिए । उनीहरुलाई एसएयू के अध्यक्ष प्रोफेसर केके अग्रवाल, प्रोफेसर सरोज अग्रवाल, उपाध्यक्ष प्रोफेसर संजय चतुर्वेदी र ड़ॉ. रविन्द्र कुमार सोनीले बाल योगी कलाकारलाई पुरस्कार दिएर साम्मानित गरेका थिए ।

कार्यक्रममा एसएयूका शैक्षिक, गैर शैक्षिक कर्मचारी, उनीहरुका परिवारसमेत र छात्र व छाआले भाग लिएको कार्यक्रम प्रोफेसर अंबरीष सक्सेनाले सञ्चालन गरेका थिए भन समापन एसएयू के कार्यवाहक वित्त निदेशक राकेश मोहन र अधीक्षण अभियंता एमपी केडियाले सबैलाई धन्यबाद दिदै समापन गरेको दक्षिण एशियाली विश्वविद्यालयका पीआरओ तथा मीडिया अधिकारी डा. ओम प्रकाश यादवले जानकारी दिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया