आयुर्वेदको महत्व जनस्तरसम्म पुराउन सके नसर्ने रोगमाथि विजय पाउन सकिने दाबी

सन्दर्भ : राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८२

रुद्रप्रसाद सुवेदी   ,
नेपालगञ्ज : आयुर्वेदको महत्वका बारेमा जनस्तरसम्म पुराउन सके भयावहको रुपमा पैmलिदै गएको नसर्ने रोगमाथि सजिलै विजय पाउन सकिने नेपालगञ्जमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा ‘आरोग्यताको आधाार योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने मूल नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८२ का सहभागीले सो कुरा औल्याएका हुन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा.आलोककुमार पाण्डेले प्रकोपको रुपमा बढ्दै गएको नसर्ने रोगको उपचारको विकल्प र उपचार पद्धतिमा आयुर्वेद र आयुर्वेदको महत्व बढ्दै गएको बताए ।

उनले पछिल्लो तथ्याङ्ग अनुसार ७० प्रतिशत मृत्युको कारण नसर्नेरोग भएको पाईएको उल्लेख गर्दै यसको उपचार योग र आयुर्वेदबाट मात्र संभव हुने कुरामा जोड दिए ।

उनले भने–‘ हाम्रो आनीबानी र आहार व्यवहारका कारण नसर्नेरोग बढ्दो अवस्थामा छ । यसको निदानको एक मात्र उपाय आनीबानी र आहारमा परिवर्तनका साथै आयुर्वेद र योग ध्यानलाई अवलम्बन गरिनु पर्छ । अनिमात्र हामी यसबाट मुक्ति पाउन सक्छौ ।’

उनले आयुर्वेदको प्रयोग गर्ने प्रयोगकर्ताहरु पनि दिनानुदिन बढ्दै गएको बताए । उनले बाँकेमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधलायबाट ओपिडी, विभिन्न प्रकारका थेरापी, पूर्वकर्म पञ्चकर्म, योग र ध्यानको सेवा करिब ९० हजारले लिएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगर आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले आयुर्वेद उपचार पद्धतीमा योग र ध्यानका माध्यामबाट उपचार गरिदा नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, बाथ, मृगौलालगायतका रोगमा उपचार संभव भएकोले यसको बारेमा जनचेतना जनस्तरसम्म पुराउन आवश्यक रहेको औल्याए ।

उनले भने–‘नसर्ने रोग भन्नाले सुगर, प्रेसर, दम मृगौला सम्बन्धी रोग, मुटुको रोग भएको र यस्ता रोगहरूको निदानका लागि हामी औषधि लगायत योग ध्यानहरू पनि गर्ने गराउने गरिरहेका छौँ । नसर्ने रोगहरूले विश्वमा एक प्रकारको महामारी फैलाइरहेको अवस्थामा आयुर्वेदले राम्रो किसिमको परिणाम दिइरहेको छ । जसले गर्दा हामी आयुर्वेदकर्मीहरूलाई उर्जा दिएको छ ।’

आयुर्वेद शाखा प्रमुख डा. पुनले नेपालगञ्ज उपमहानगर आयुर्वेद स्वास्थ्य शाखाले पनि शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट आयुर्वेदको ओपिडिको सञ्चानल गर्ने तयारी गरेको बताए । उनले विशेषगरी आयुर्वेदिक पद्धतिबाट बढी उपचार गराउनेहरू चाहिँ कमलपित्त, पाइल्स, फिस्टुला, दम, पिनास सम्बन्धित बिरामीहरू आइरहेको बताए ।

आयुर्वेदमा व्यक्तिको स्वास्थ्य रक्षा गरी रोगको निवारण गर्ने मुख्य उदेश्य भएकोले पनि यसको महत्व बढ्दो रहेको बताउछन नेपालगञ्ज शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा कार्यरत डा. शिवराज सुवेदी । उनले राज्यले पनि आयुर्वेदको विकास र प्रचार प्रसारमा विषेश कदम चालेको कारण आयुर्वेद उपचार पद्धतीमा जन चासो बढेको बताए ।

उनले भने–‘जेष्ठ नागरिकको बढ्दो उमेरका कारण गोडामा ढाडमा धेरै नै समस्या देखिन्छ । अन्य शारीरिक समस्याहरु पनि देखिन्छन् । यस्तो अवस्थामा आयुर्वेदले असाध्यै राम्रो भूमिका खेल्छ । नागरिकहरुको आयुर्वेदतर्फ आकर्षण बढ्दो छ । फेरी योग, थेरापी र प्रणायमले पनि धेरै चमत्कारिक परिवर्तन ल्याएको पाईन्छ ।’

पतञ्जली योग समिति बाँकेको अध्यक्ष हरपाल सिंहले धेरै प्रकारका नसर्ने रोगहरू आयुर्वेद उपचार पद्धति मार्फत निको हुन सक्ने कुरामा जोड दिदै आयुर्वेद र योगलाई साथै लिएर जान सके दोहोरो फाईद ा हुने बताए ।

उनले भने–‘आयुर्वेदको ज्ञान र जडीबुटीको सेवन गर्न सके हामी सधैँ स्वस्थ रहन सक्छौँ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्मको हाम्रो दिनचर्या आयुर्वेदमा आधारित हुनुपर्छ । हाम्रो खानपानसमेत आयुर्वेदमा आधारित हुन सके हामी झनै स्वस्थ रहन सक्छौँ । योग ध्यान आयुर्वेद र प्राणायामको संयोजनबाट हामी सम्पूर्ण मानव जीवनलाई अझ स्वस्थ बनाउन सक्नेछौँ, साथै हामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिको कुनै पनि साइड इफेक्ट हुँदैन ।’

नेपालगञ्जमा हरित अभियन्ताको रुपमा परिचय बनाएका हेमन्तराज काफ्लेले पनि समाजमा आयुर्वेदको महत्व एकदमै धेरै रहेको बताए । ‘दिनदिनै, दीर्घ रोग र दीर्घ रोगीहरूको सङ्ख्या बढिरहेको छ । यस्ता दीर्घ रोगहरू सबै नेपालीको साझा रोगहरू भएको अवस्था छ । यसबाट बच्नको लागि आयुर्वेद जस्तो उत्तम उपायहरूको छैन ।’

उनले आयुर्वेदिक उपचार पद्धतिबाट उपचार जीवनशैली अपनाउन सुझाव दिदै भने–‘खानपानलाई ध्यान दिनुपर्यो । योग गर्नुपर्यो । व्यायाम गर्नुपर्यो । नेपाल जडीबुटीको देशको रूपमा संसारभर चिनिन्छ । हामीसँग सबै प्रकारका जडिबुटीहरू छन् । विश्वको जुनसुकै ठाउँमा पाइने जडिबुटी पनि नेपालमा पाइन्छ । तर, हामीले त्यसको सदुपयोग गरिरहेका छैनौं । उपभोग गर्न आवश्यक छ ।’

पतञ्जलि योग समिति बाँकेको वरिष्ठ उपाध्यक्ष पुष्कर आचायले योग र आयुर्वेद एकअर्का बिना अधुरो रहेको बताए । उनले भने–‘ योगबिना आयुर्वेद अधुरो छ र आयुर्वेद बिना योग अधुरो छ । तर, जन्मका हिसाबले भन्ने हो भने योग सर्वश्रेष्ठ मानिन्छ । योग बिना र योगको ज्ञान बिना हामी आयुर्वेदमा प्रवेश गर्न सक्दैनौँ ।’

उनले योग र आयुर्वेदको भूमिका भनेको सर्ने रोगमा भन्दा पनि नसर्ने रोगमा अत्यन्तै धेरै महत्वपूर्ण देखिएको कुरामा जोड दिदैभने–‘सर्ने रोगका लागि सामान्य औषधि हुन्छ, भने नसर्ने रोगका लागि अत्यन्तै धेरै महत्वपूर्ण योग र आयुर्वेदिक औषधि मानिन्छ । योगबिना नसर्ने रोगलाई समाप्त पार्न सकिन्न । योग आयुर्वेद र ध्यान यी सबै एक अर्काका परिपूरक हुन् ।’

बाँकेमा एक वर्षमा करिव ९० हजारले आयुर्वेद सेवा लिनुभएको पाईएको छ । धनवन्तरी दिवसको अवसरमा आयुर्वेदको उपदेयिता जनस्तरसम्म पुराउन सके नसर्नेरोग निराकरण गर्न सजिलो हुने दाबी गरिएको छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, वडानं. ४ का वडा अध्यक्ष गोपाल पुन, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया