एघारौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा मनाईयो

नेपालगञ्ज : ‘स्वस्थ्य समाज समृद्ध नेपाल बिश्व शान्तिको लागि योग’ भन्ने मुल नारासहित नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा एघारौं राष्ट्रिय योग दिवस मनाईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आयुर्वेद शाखा प्रमुख डा शिबराज सुवेदीले आयुर्वेद र योग सम्बन्धित स्वस्थ जीवन शैली आयुर्वेदमा उल्लेख आहार बिहार, दिनचर्या, रात्रीचर्या , रितुचर्या तथा नसर्नेरोग ब्यबस्थापनमा आयुर्वेद तथा उपचारात्मक योगको बारेमा प्रकाश पारेका थिए ।

नेपालगञ्ज लगायत जिल्लाका आठवटै स्थानीय तहमा विभिन्न योगसङ्ग सम्बन्धित कार्यक्रम, सुर्य नमस्कारलगायत योगासन, ध्यान प्राणायाम गरि सप्ताहब्यापी योग दिबस मनाउने कार्यक्रम रहेको जानकारी पतञ्जली योग समिति बाँके सचिब लक्ष्मणबहादुर कार्कीले जानकारी दिए ।

प्रत्येक वर्षको माघ १ गते राष्ट्रिय योग दिवस मनाईने गरिएको छ । यसवर्ष पनि पतञ्जली योग समिति बाँकेका अध्यक्ष हरपाल सिहको सभापतित्वमा भएको कार्यक्रममा युवा पतञ्जली योग समिति लुम्बिनी प्रभारी दुर्गाप्रसाद चौधरी, पतञ्जली युवा समिति बाँके इन्चार्ज इच्छाराम यादव , पतञ्जली महिला योग समिति बाँके उपाध्यक्ष गोमा भट्टराई , पतञ्जजी योग समिति बाँकेका वरिष्ठ उपाध्यक्ष पुष्कर आचर्य नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न योग साधना केन्द्रका प्रमुख तथा योगसङ्ग सम्बन्धित ब्यक्तिहरुले राष्ट्रिय योग दिवस तथा योग र स्वास्थ्यका विभिन्न आयामहरुको बारेमा बताएका थिए । कार्यक्रमको सन्चालन पतञ्जली योग समिति बाँकेका महासचिव बिरबहादुर हमालले गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया