योग समिति नेपालको छैठौ स्थापना दिवश मनाईयो

नेपालगञ्ज :  आफ्नो शरिरका लागि दैनिक डेढ घण्टा योग गरौ भन्ने मूल नाराका साथ योग समिति नेपालले बिहिबार आफ्नो छैठौ स्थापना दिवस मनाएको छ ।

दैनिक डेढ घण्टा योग प्रणायमका लागि छुट्ट्याउन सके रोगबाट टाढै रहन सकिन्छ भन्ने मुल उद्देश्यका साथ स्थापना भएको योग समिति नेपाल २०७८ साल जेठ ९ गते हर घर र टोलमा योग प्रणायमको पहुँच पुराउनलाई स्थापना भएको योग समिति नेपालले हाल २१८ जना प्रशिक्षक समेत तयार योग समिति नेपालका अध्यक्ष तथा योगगुरु डा. गिरिराज भट्टराईले जानकारी दिए ।

बाँके लगायत २९ वटा योग केन्द्र मार्फत दैनिक करिव २ हजारलाई योगशिक्षामा सहभागि गराउदै आएको छ । नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताउदै नेपालगञ्जका विभिन्न स्थानमा नियमित योग गराउँदै योग संस्कृतिको विकास गर्दै आएको योग समिति नेपालका उपाध्यक्ष तथा सञ्चारकर्मी लोकमाया सुवेदी (सुमित्रा)ले जानकारी दिईन ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताए ।

छ वर्ष अघि स्थापना गरिएको योग समिति नेपालले घरघरमा टोलोटोलमा योग पु¥याउन २ सय १८ जना प्रशिक्षक समेत उत्पादन गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा पालिका स्थरमा समेत शाखा उपशाखा सञ्चालनमा ल्याई निशुल्क योग शिविर समेत सञ्चालन गर्दै आएको छ ।

सो अवसरमा योग समिति नेपालको स्थापना गर्नमा सघाउ पुराउने, प्रशिक्षणमा योगदान दिने र योग शिक्षालाई जनजनमा पुराउन भसमिका खेल्ने विभिन्न व्यक्तिहरुलाई सम्मना दिईएकोे थियो ।

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया