योग प्रशिक्षक प्रशिक्षण सम्पन्न पछि दिक्षान्त गरियो

नेपालगञ्ज : योग समिति नेपालद्वारा नेपालगञ्जमा सञ्चालन गरिएको चार महिना लामो छैठौ योग प्रशिक्षक प्रशिक्षण शनिबार प्रशिक्षित योग प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण गरी समापन गरिएको छ ।

गत बैशाखदेखि सुरु भएको सो प्रशिक्षणमा १४५ जना सहभागी रहेको योग समिति नेपालका उपाध्यक्ष तथा सञ्चारकर्मी लोकमाया सुवेदीले जानकारी दिईन ।

योग समिति नेपालका अध्यक्ष तथा योग गुरु गिरिराज भट्टराईले बाँके क्षेत्रनं. २  बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा दिक्षित योग प्रशिक्षकलाई प्रमाण पत्र बितरण गर्नुको साथै सपथ खुवाईएको थियो ।

करिव ७ वर्ष अघि १०–१२ जनाको समुहबाट सुरुवात गरिएको योग समिति नेपालमा ८ हजारको हाराहारीमा सदस्य पुगेको र ३० वटा योग केन्द्र मार्फत योग समिति नेपालसँग जोडिएको समितिले जनाएको छ ।

नियमति योग साधनाका कारण नसर्ने रोगहरु समेतको निदान भई मानव जीवनलाई स्वस्थ राख्न अहम भूमिका खेल्ने विश्वासका साथ योग जीवनलाई बढवा दिईदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया